पुडासैनी प्रकरणमा समातिएका रवी लामिछानेलाई अदालत पेस गरिँदै

पुडासैनी प्रकरणमा समातिएका रवी लामिछानेलाई अदालत पेस गरिँदै

rabi lamichane

शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवी लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिने भएको छ । म्याद थप गरेर अनुसन्धान थालिने चितवन प्रहरीले जनाएको छ ।

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार लामिछानेसहित पक्राउ परेका युवराज कँडेललाई राति चितवन पुर्याइएको थियो ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि उनीहरुलाई विहीबार प्रहरीले पक्राउ गरेको थियो ।

पुडासैनीको शव केही दिन अगाडि चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा फेला परेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार लामिछानेलाई पानीपोखरीमा रहेको टेलिभिजन कार्यालयबाटै पक्राउ गरिएको हो ।

चितवन प्रहरीले काठमाडौं प्रहरीसँग समन्वय गरी पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ