गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले रौतहट, बारा र पर्साका १९ पेट्रोलपम्पलाई उपभोक्ता ठगी गरेको आरोपमा कारवाही गरेको छ ।
आर्थिक वर्ष २०७५र७६ मा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले रौतहट, बारा, पर्सा, चितवन र मकवानपुरमा रहेका ८९१ पेट्रोलपम्पमा अनुगमन गर्दा सफ्टवेयर जडान गरी उपझोत्ता ठगी गरेका गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए ।
कारवाहीमा परेका पेट्रोलपम्पमा बाराको विजय आयल स्टोर, महम्मद आयल स्टोर, शिवशङ्कर ट्रेडर्स, जयविकास आयल स्टोर, हरिओम आयल स्टोर र बाबा आयल ट्रेडर्सका सञ्चालकलाई जनही रु १० हजार जरिवाना तथा तीन महीना कैद सजायको दाबी गरिएको छ ।
यसैगरी खान आयल स्टोर रौतहट, बारा जिल्लाकै अमित आयल स्टोर, कृष्णा आयल स्टोर, आयुष आयल स्टोर, सोनु आयल स्टोर तथा पर्साका अर्निका ट्रेडर्स बिक्रेताका सञ्चालकलाई जनही तीन वर्ष कैद र रु ३० हजार जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रमुख यादवले बताए ।
यसैगरी नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडाको एशियन पेन्टस् उद्योगमाथि गुणस्तर कार्यालयले मुद्दा दायर गरेको छ । त्यसैगरी किसन एग्रो केमिकल प्रालि पर्सा र जगदम्बा आयल ट्रेडर्स बारामा नापतौल कमी रहेकाले कारवाही प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।
यस्तै हुलास स्टिल प्रालि बारा, अपोलो फिड्स प्रालि चितवन, पञ्चरत्न फिड्स प्रालि चितवन र विनायक स्टील प्रालि चितवनले स्वीकृत क्षमता भन्दा बढीको धर्मकाटा प्रयोग गरी राजश्व छलेको भेटिएपछि एक वर्ष कैद र रु १० हजार जरिवानाकोे माग गर्दै अदालतमा मुद्दा दायर गरिएको यादवले बताए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ