पोखरा । सुनको मुर्ति भन्दै बेचेको अभियोगमा पोखरामा ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पत्रकार सम्मेलन गरेर अभियुक्तहरुलाई सार्वजनिक गरेको छ ।
प्रहरीले नवराज पाण्डे भनिने दोलखा भिमेश्वर नगरपालिका १ घर भै हाल काठमाडौंको सिनामंगल बस्दै आएका ५२ वर्षिय रामराज शिवाकोटी, गोरखा भिमसेन नगरपालिका १ घर भै हाल पोखरा ८ न्युरोडमा बस्दै आएका रमेश श्रेष्ठ भनिने ३३ वर्षिय देव कुमार श्रेष्ठ र रामेछाप भगेरी गाउँपालिका ५ घर भै हाल काठमाडौं ६ बौद्ध बस्ने देवराज प्रधान भनिने ३६ वर्षिय वसन्त बाबु श्रेष्ठलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।
अभियुक्तहरुले पोखरा महानगरपालिका विभिन्न स्थानमा सुन भन्दै सुन जस्तै देखिने बुद्धको मुर्ति बिक्रिका लागि ग्राहक खोज्दै हिँड्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुले पोखरा महानगरपालिका वडा नम्बर ८ बस्दै आएका पाराश्वर विश्वकर्मालाई १३ लाखमा मुर्ति बेचेर फरार भएका थिए। पछि मुर्ति नक्कली हो भन्ने पत्तो पाइसकेपछि विश्वकर्माले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका दिए ।
गत साउन १९ गते पाराश्वर विश्वकर्माले दिएको उजुरी पछि अनुसन्धानमा रहेको प्रहरीले २७ साउनमा पोखरा महानगरपालिका वडा नम्बर ६ डिहिकोपाटनबाट उनीहरुलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई चेकजाँज गर्दा नवराज पाण्डे भनिने रामराज शिवाकोटीको झोलामा सुन जस्तै देखिने पहेलो धातुको बुद्धको मुर्ति फेला परेको बताएको छ । अभियुक्तहरुको साथबाट प्रहरीले सुन जस्तै देखिने पहेलो ६ किलो १ सय ग्राम तौलको बुद्धको मुर्ति, धातु छेड्न प्रयोग गरिने ड्रिल मेसिन, कागजमा छिपाइराखेको सुन जस्तो देखिने पहेलो धुलो, २ भारतिय क्यासिनो कार्ड, राजदुताबास काठमाडौं लेखिएको कार्ड १ थान, भारतिय निर्वाचन आयोगको कार्ड १ थान तथा विभिन्न बैंकका चेकहरु पनि बरामद गरेको जनाएको छ ।
उक्त मुर्तिमा ड्रिल मेसिनले प्वाल पारेर सुन जस्तै देखिने धुलो लेप लगाई सकेपछि सुन जस्तै देखिने भएकाले मुर्ति किन्नेहरु ठगिने गरेको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्ने तिनै जनाले ठगीको रकम क्यासिनोमै सक्ने गरेको अनुसन्धानको क्रममा पाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने