पोखरा । सुनको मुर्ति भन्दै बेचेको अभियोगमा पोखरामा ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पत्रकार सम्मेलन गरेर अभियुक्तहरुलाई सार्वजनिक गरेको छ ।
प्रहरीले नवराज पाण्डे भनिने दोलखा भिमेश्वर नगरपालिका १ घर भै हाल काठमाडौंको सिनामंगल बस्दै आएका ५२ वर्षिय रामराज शिवाकोटी, गोरखा भिमसेन नगरपालिका १ घर भै हाल पोखरा ८ न्युरोडमा बस्दै आएका रमेश श्रेष्ठ भनिने ३३ वर्षिय देव कुमार श्रेष्ठ र रामेछाप भगेरी गाउँपालिका ५ घर भै हाल काठमाडौं ६ बौद्ध बस्ने देवराज प्रधान भनिने ३६ वर्षिय वसन्त बाबु श्रेष्ठलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।
अभियुक्तहरुले पोखरा महानगरपालिका विभिन्न स्थानमा सुन भन्दै सुन जस्तै देखिने बुद्धको मुर्ति बिक्रिका लागि ग्राहक खोज्दै हिँड्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुले पोखरा महानगरपालिका वडा नम्बर ८ बस्दै आएका पाराश्वर विश्वकर्मालाई १३ लाखमा मुर्ति बेचेर फरार भएका थिए। पछि मुर्ति नक्कली हो भन्ने पत्तो पाइसकेपछि विश्वकर्माले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका दिए ।
गत साउन १९ गते पाराश्वर विश्वकर्माले दिएको उजुरी पछि अनुसन्धानमा रहेको प्रहरीले २७ साउनमा पोखरा महानगरपालिका वडा नम्बर ६ डिहिकोपाटनबाट उनीहरुलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई चेकजाँज गर्दा नवराज पाण्डे भनिने रामराज शिवाकोटीको झोलामा सुन जस्तै देखिने पहेलो धातुको बुद्धको मुर्ति फेला परेको बताएको छ । अभियुक्तहरुको साथबाट प्रहरीले सुन जस्तै देखिने पहेलो ६ किलो १ सय ग्राम तौलको बुद्धको मुर्ति, धातु छेड्न प्रयोग गरिने ड्रिल मेसिन, कागजमा छिपाइराखेको सुन जस्तो देखिने पहेलो धुलो, २ भारतिय क्यासिनो कार्ड, राजदुताबास काठमाडौं लेखिएको कार्ड १ थान, भारतिय निर्वाचन आयोगको कार्ड १ थान तथा विभिन्न बैंकका चेकहरु पनि बरामद गरेको जनाएको छ ।
उक्त मुर्तिमा ड्रिल मेसिनले प्वाल पारेर सुन जस्तै देखिने धुलो लेप लगाई सकेपछि सुन जस्तै देखिने भएकाले मुर्ति किन्नेहरु ठगिने गरेको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्ने तिनै जनाले ठगीको रकम क्यासिनोमै सक्ने गरेको अनुसन्धानको क्रममा पाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो