तिब्बतबाट आएको बाढीले गर्दा, भोटेकोसी नदीले बेलिब्रिज बगायो

तिब्बतबाट आएको बाढीले गर्दा, भोटेकोसी नदीले बेलिब्रिज बगायो

votakosi1

भोटेकोसी नदीमा आइतबार राति आएको बाढीले टिमुरेमा बेलिब्रिज बगाएको छ । राति एक्कासी तिब्बतबाट आएको बाढीले नेपालतर्फ टिमुरेस्थित बेलिब्रिज बगाएको हो ।

भन्सार र्‍याडबाट रसुवागढी जलविद्युत आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो।बाढीले रसुवागढी जलविद्युत आयोजनाको २ वटा पेनस्टक पाइप, कफर ड्याम र टिमुरेको फोहर व्यवस्थापन गर्न आयोजनाले निर्माण गरेको फोहर जलाउने भवन बगाएको प्रमुख छवि गैरेले बताए।

बाढीले आयोजनामा लाखौंको क्षति पुगेको छ। पुल बगाएपछि रसुवागढी जलविद्युत् आयोजना र टिमुरेतर्फ आवतजावत विच्छेद भएको उनले बताए।

भोटेकोसी किनारामा भन्सार र्‍याड रहेकाले पार्किङमा राखिएको कन्टेनर राति नै सुरक्षित स्थानमा सारिएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए।

खाल्टे लगायत खोलाको आसपास क्षेत्रका नागरिकलाई राति नै सुरक्षित स्थानमा बस्न र विशेष सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। बाढीको बहाव राति बढे पनि अहिले अवस्था सामान्य रहेको छ उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds