काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्र संचिव शंकर वैरागी तथा भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले स्वागत गरेका छन् । नेपाल भारत संयुक्त आयोजनाको पाँचौ बैठकमा सहभागी हुन उनी काठमाडौं आएका हुन् । भारतको परराष्ट्र मन्त्री बनेपछि उनी पहिलो पटक नेपाल आएका हुन् ।

२ दिन नेपाल बस्ने जयशकरले बैठक अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । उनले आज दिउँसो २ बजे प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल-भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन् ।
विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने छन् । राष्ट्रपति भण्डारीसँगको भेटका लागि भोलि ९बिहीबार० बिहान साढे १० बजेको समय तय भएको छ ।
यस्तो छ जयशंकरको दुई दिने भ्रमण तालिका
आज काठमाडौं आइपुगेका जयशंकर भोलिसम्म नेपाल बस्ने छन् । उनले आज दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । भेटवार्ताका लागि उनी बालुवाटार पुग्ने र आयोगको बैठकमा सहभागी हुन ३ बजे दरबारमार्गस्थित याक एण्ड यति होटल आइपुग्ने छन् ।
आयोगको बैठकमा उनी ६ बजेसम्म बस्ने कार्यतालिका रहेको छ । भारतीय विदेशमन्त्री जयशंकरको स्वागतमा साँझ ७ बजे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना रात्रि भोजमा सहभागी हुनेछन् ।
त्यस्तै भोलि बिहान साढे १० बजे राष्ट्रपतिसँगको भेटवार्ताका लागि शीतल निवास पुग्नेछन् । त्यसपछि उनी अपरान्ह ३ बजेर ३५ मिनेटमा दिल्लीका लागि प्रस्थान गर्नेछन् ।
सम्बन्धित खबर
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’
सुदूरपश्चिम पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साललाई ज्वरो आएपछि हेलिकप्टरबाट काठमाण्डौ लगियो
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ