न्यायपरिषदको छानविनमा रहेका उच्च अदालतका दुई न्यायाधीशले राजीनामा गरेका छन् । गोर्खा बु्रअरीको कर छलीसम्बन्धी मुद्दामा कार्यक्षेत्र मिचेर आदेश दिएपछि न्यायपरिषदले उच्च अदालत पोखराका तीनजना न्यायाधीशमाथि छानविन शुरु भएको थियो ।
गत साउन ८ गते प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको अभियोग लागेका न्यायाधीशहरु जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानविन तथा कारवाहीको आदेश दिएको थियो ।
तीमध्ये जीवनहरि अधिकारीले अघिल्लो हप्ता राजीनामा दिएका थिए भने यादवले भदौ ५ गते प्रधान न्यायाधीश समक्ष राजीनामा पठाएका हुन् । उनीहरु दुवैले गोर्खा ब्रुअरीसम्बन्धी मुद्दाको आदेशप्रति अडिग रहेको बताएका छन् ।
परिषदले यसअघिनै सर्बोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । सो छानविन समितिमा बयान दिइसकेपछि अधिकारी र यादवले राजीनामा गरेका हुन् ।
आफूहरुमाथि अनावश्यक अभियोगमा छानविन तथा कारवाही थालेर बेइज्जती गरिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । छानविनका क्रममा तानिएपछि अभियुक्त सरह तारेखमा धाउनुपरेको भन्दै राजीनामा दिएको यादवले बताए ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार