उच्च अदालतका पोखराका दुई न्यायाधीशले राजीनामा दिए, कर छलीसम्बन्धी मुद्दामा छानविन

उच्च अदालतका पोखराका दुई न्यायाधीशले राजीनामा दिए, कर छलीसम्बन्धी मुद्दामा छानविन

nyayadhis

न्यायपरिषदको छानविनमा रहेका उच्च अदालतका दुई न्यायाधीशले राजीनामा गरेका छन् । गोर्खा बु्रअरीको कर छलीसम्बन्धी मुद्दामा कार्यक्षेत्र मिचेर आदेश दिएपछि न्यायपरिषदले उच्च अदालत पोखराका तीनजना न्यायाधीशमाथि छानविन शुरु भएको थियो ।

गत साउन ८ गते प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको अभियोग लागेका न्यायाधीशहरु जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानविन तथा कारवाहीको आदेश दिएको थियो ।

तीमध्ये जीवनहरि अधिकारीले अघिल्लो हप्ता राजीनामा दिएका थिए भने यादवले भदौ ५ गते प्रधान न्यायाधीश समक्ष राजीनामा पठाएका हुन् । उनीहरु दुवैले गोर्खा ब्रुअरीसम्बन्धी मुद्दाको आदेशप्रति अडिग रहेको बताएका छन् ।

परिषदले यसअघिनै सर्बोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । सो छानविन समितिमा बयान दिइसकेपछि अधिकारी र यादवले राजीनामा गरेका हुन् ।

आफूहरुमाथि अनावश्यक अभियोगमा छानविन तथा कारवाही थालेर बेइज्जती गरिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । छानविनका क्रममा तानिएपछि अभियुक्त सरह तारेखमा धाउनुपरेको भन्दै राजीनामा दिएको यादवले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी

ट्रेन्डिङ