पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अभियुक्त बनाइएका रवि लामिछाने र युवराज कँडेललाई पुनः जिल्ला अदालतमा उपस्थित गराइएको छ । बयान लिनका लागि कँडेल र लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो । जिल्ला अदालत स्रोतका अनुसार अहिले युवराज कँडेलको बयान शुरु भइसकेको छ ।
२६ जना वकिलले बहस गर्ने
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको थुनछेक बहसमा २६ जना अधिवक्ताहरुले आफ्नो दलिल पेश गर्ने भएका छन् । जिल्ला अदालत चितवन स्रोतका अनुसार वादी र प्रतिवादीका तर्फबाट बहस गर्न भनेर कूल २६ जना वकिलहरुले आफ्नो वकालतनामा पेश गरेका छन् ।
वादी नेपाल सरकारको तफर्पबाट जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्मा नेतृत्वमा सरकारी वकिल र कानून व्यवसायीहरुले वकालतनामा दर्ता गराएका छन् । यस्तै प्रतिवादीहरुमध्ये रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तलगायतले बहस गर्दैछन् ।
१० दिन लामो प्रहरी अनुसन्धान पछि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आइतबार टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा अभियोग पत्र दायर गरेको थियो । अभियोग पत्र दायर भएपछि जिल्ला अदालत चितवनले अभियुक्तहरुको बयान लिन शुरु गरेको थियो । सोमबार रवि र कँडेलको बयान सकेर थुनछेक बहस शुरु हुने संभावना छ । तर, सोमबार नै बहस सकिने संभावना भने कम रहेको अदालत स्रोतले खबरहबलाई जानकारी दियो ।
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु