किरण श्रेष्ठ, तनहुँ । कक्षा १२ को पढाई पुरा गरिसकेपछि स्नातक तहमा भर्ना तथा मासिक शुल्कको हकमा कलेजपिच्छे नै मनोमानी छ । कलेजहरु आफूखुसी भर्ना र मासिक शुल्क लिएर अभिभावक तथा विद्यार्थीको ढाड सेकिरहेका छन् ।
‘ठूला र राम्रा’ भनिएका निजी कलेजमा छोराछोरी भर्ना गर्न शहरी क्षेत्रका अभिभावकले हरेक वर्ष सकसको अनुभव गर्छन् । भर्नाका लागि प्रवेश परीक्षा दिनुपर्ने, शैक्षिकसत्र सुरु अगावै महङ्गो शुल्क तिरेर भर्ना गर्नुपर्ने र कतिपयमा भनेजति पैसा तिर्दा पनि भर्ना नपाइने समस्या उनीहरुले झेल्दै आएका छन् ।
सामुदायिक कलेजमा सहज हुने धेरै जनाको अनुभव पनिं छ तर त्यसको ठिक उल्टो भएको छ । विशेषगरि गरिब परिवारका छोराछोरी पढ्ने तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले मनलाग्दी मासिक शुल्क बढाएकोले । ‘गतवर्ष त एक सय रुपैयाँ बढाएको थियो’ आदिकवि कलेज मै अध्ययनरत एक छात्राले नाम नखुलाउने शर्तमा भनिन ’अहिले त ५० प्रतिशत भन्दा बढी पैसा बढाएको छ ।’
दमौली भित्रै संचालित अन्य निजि कलेजहरु मा भन्दा पनि अहिले आदिकवि कलेजले मासिक शुल्कमा धेरै बनाएको छ । कलेजले आर्थिक वर्ष २०७६/७७ देखि मासिक शुल्क वृद्धि गरेको हो ।
क्याम्पस सञ्चालक समितिले विषयअनुसार चालू आर्थिक वर्षदेखि मासिक शुल्कमा वृद्धि गर्ने निर्णय गरेको थियो । जस अनुसार व्यवस्थापनतर्फ रु ८०० बाट रु १२००, गणिततर्फ रु १ हजारबाट १५००, विज्ञानतर्फ रु १२०० बाट १८०० शुल्क वृद्धि गरिएको छ ।
तर दमौलीकै नीजि कलेजहरुमा आदिकवि भानुभक्त क्याम्पसको भन्दा शुल्क निकै सस्तो रहेको छ। गण्डक न्युजको खोजमा दमौलीको आदिकवि भानुभक्त क्याम्पस भन्दा निजि कलेमा मासिक शुल्क सस्तो पाइएको हो ।
दमौलीमा रहेको पराशर कलेजले स्नातक तहको सबै बिषयको मासिक शुल्क एक हजार निर्धारण गरेको छ । भने दमौली कलेजको पनि मासिक शुल्क स्नातक तह अध्ययन गर्नेका लागि एक हजार लिने गरेको छ। भने वाराही कलेजले पनि स्नातक तहको मासिक शुक्ल एक हजार २ सय भन्दा बढी मासिक शुल्क लिने गरेको छैन् ।
माथि उल्लेखित कलेजहरु दमौलीमा नाम चलेका कलेजहरु हुन् । निजि कलेजहरु ग्रेडका आधारमा भर्ना र मासिक शुल्कमा छुट दिने समेत बताइरहेका छन् ।यसरी समुदायबाट संचालित क्याम्सपमा निजीको भन्दा पनि शुक्ल बढी लिनुको औचित्य क्याम्सपले पुष्टि गर्न सकेको छैन् ।
समुदायको चन्दा, विभिन्न सरकारी गैह्र सरकारी संघ संस्थाको सहयोगमा पुर्वाधार निर्माण गर्दा समेत निजी कलेजको भन्दा बढी शुल्क हुनु आफैमा आश्चर्यको बिषय हो । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले शैक्षिक गुणस्तर मापन (क्युएए) को मान्यता प्राप्त गरिसकेको छ ।
क्याम्पसले एमबीएस तहमा नेपालकै उत्कृष्ट क्याम्पस, नेपालकै दोस्रो उत्कृष्ट सामुदायिक क्याम्पस र बिबिएस तहमा तेस्रो उत्कृष्ट क्याम्पसको उपाधि प्राप्त गरिसकेको अवस्थामा क्याम्पसका पछिल्लो विभिन्न गतिविधिले अभिभावक र विद्यार्थीहरु समेत निराशा बनाएको छ ।
क्याम्पसको साधारणसभा नजिकिदै जादा क्याम्पस नेतृत्व तहमा चरम विवाद रहेको समेत विश्वस्त श्रोतले बतायो । विद्यार्थी र अभिभावकहरु स्नातक तहको शुल्क महँगो भनिरहेका छन तर सञ्चालकहरु सेवा सुविधा र शिक्षाको गुणस्तरको आधारमा शुल्क मध्यम रहेको बताउने काम यति बेला भइरहेको छ ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले प्रत्येक वर्ष मासिक शुल्क वृद्धि गर्ने प्रचलन भएबमोजिम चालू आर्थिक वर्षमा पनि शुल्क वृद्धि भएको बताए ।
‘आर्थिक वर्ष फेरिएसँगै शुल्क वृद्धि हुनु नियमित भएकाले क्याम्पस प्रमुखले विद्यार्थी संघ संगठन संग सल्लाह गरेर शुल्क निर्धारण हुने कुरा बैठकमा भएको थियो’, उनले भने, ‘समय सापेक्ष शुल्क बढाउने भनिएतापनि यो शुल्क विद्यार्थीको हितमा नभएको हुँदा अबको बैठकमा कुरा उठाउनेछु ।’ आफु पनि पहिले विद्यार्थी राजनीतिबाट यो स्थानमा आएको हुँदा विद्यार्थीको पिडा बुझ्ने र विद्यार्थीको हितका लागि सदैव साथ दिने उपाध्यक्ष कार्कीले बताए ।
दमौलीमा संस्थागत रूपमा स्नातक तह सञ्चालन गर्नेहरुको शुल्कभन्दा सामुदायिक क्याम्पसले स्नातक तहमा लिने मासिक शुल्कमा बढी छ ।
मासिक शुल्क वृद्धि गरेपछि स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस एकाइले मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई ज्ञापनपत्र बुझाएको छ ।युनियनकी अध्यक्ष दुर्गा भण्डारीले मासिक शुल्क वृद्धिले विद्यार्थीलाई मार पर्ने भएकाले शुल्क घटाउन माग गरिएको जानकारी दिइन ।
‘गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा चर्को शुल्क वृद्धि भएका कारण गरीब तथा जेहेन्दार विद्यार्थीको अध्ययन/अध्यापन गर्न आर्थिक भार पर्ने देखिएकोछ’, उनले भनिन,‘विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै न्यायोचित शुल्कदर कायम गर्न क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका हौँ ।’ एकैचोटि रु ५०० सम्म शुल्क वृद्धि गर्ने निर्णय विद्यार्थीको हितमा नभएको भण्डारीले बताइन ।
समुदायबाट सञ्चालित क्याम्पसमा कूल दुई हजार ५०० विद्यार्थीमध्ये दुई हजार विद्यार्थी छात्रा रहेका छन् । कूल विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् । कूल विद्यार्थीमध्ये १८ प्रतिशत विद्यार्थी दलित छन् भने ७० प्रतिशत विद्यार्थी विपन्न समुदायका छन् ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो