संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ सय ४१ बुँदे कार्ययोजना सावर्जनिक गदैँ,सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले चालू आर्थिक वर्षभित्र मन्त्रालय मातहतका निकायले गर्नुपर्ने कार्यसम्पादनको सूची सार्वजनिक गरेका थिए । ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवार्ई भाडामा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी कार्यान्वयनमा ल्याउने मन्त्रालयले जनाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनमा ल्याउने, जनशक्ति उत्पादनका लागि फ्लाइङ स्कुल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्नेलगायतका योजना मन्त्री भट्टराईले सार्वजनिक गरेका थिए ।
यस लगतै एयरलाइन्स कम्पनीहरूले मन्त्रीको निर्णय कार्यान्वयन गर्न असजिलो हुने बताइरहेका बेला,चितवनको भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले राज्यले नै सम्मान गर्नुपर्ने उमेरका वृद्धवृद्धालाई भाडा छुट दिन सकिने अवस्था देखेर नै निर्णय लिइएको प्रष्ट पारे । मन्त्री भट्टराईले ७० वर्ष कटेका वृद्ध–वृद्धालाई भाडामा ५० प्रतिशत छुट दिने सरकारको निर्णय कार्यान्वयन गरी छाड्ने बताएका छन् । साथै उनले आन्तरिक पर्यटनमा भाडादरले असर पारेकाले पुनरावलोकन हुने बताए ।
‘एयरलाइन्स कम्पनीहरूको पनि सामाजिक उत्तरदायित्व हुन्छ होला, वृद्धवृद्धालाई छुट दिँदा र नदिँदा पाप र धर्मका कुरा पनि हुन्छन्’, मन्त्री भट्टराईले भने, ‘मैले त उहाँहरु आफैंले यस्तो घोषणा गर्नुहुन्छ होला भन्ने ठानेको थिएँ, तर नगर्नु भएकाले मन्त्रालयले गरेको हो ।’ निजी एयरलाइन्स कम्पनीबाट विभिन्न टिका–टिप्पणी आएको उल्लेख गर्दै उनले छलफल गरेर यसलाई लागू गरिने बताए ।
भाडादर पुनरावलोकन हुने
मन्त्री भट्टराईले आन्तरीक हवाई भाडादर महँगो हुँदा पर्यटन क्षेत्रमा केही असर परेको पनि उक्त अवसरमा बताए । आन्तरिक भाडादर किन महँगो भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री भट्टराईले भने, ‘भाडादर महँगो हुँदा पर्यटनमा असर परेको छ, यसमा पुनरावलोकन हुन्छ’, मन्त्री भट्टराईले भने । नवलपरासी तथा देवघाट क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री भट्टराई यहाँ आएका हुन् ।
सम्बन्धित खबर
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’
सुदूरपश्चिम पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साललाई ज्वरो आएपछि हेलिकप्टरबाट काठमाण्डौ लगियो
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ