पोखरा । पश्चिमाञ्चल मावि, गैह्रापाटनमा ११ कक्षा, मानविकी संकायमा अध्ययनरत सागर गुरुङको निधनले उनका आफन्तसँगै साथीहरु शोकमा डुबेका छन् । पोखरा महानगरपालिका–३२ गगनगौँडामा गएराति साढे ९ बजेतिर ग ७ प ७४२८ नं. को मोटरसाइकल र ग११प २३५८ नं.को स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु र ३ जना घाईते भएका थिए ।
पोखरा ५ पर्स्याङ घर भएका १८ वर्षीय सागर स्कुटर पछाडि सवार थिए । स्कुटर पोखरा २ अर्चलबोटका २५ वर्षीय निशान गुरुङले चलाएका थिए । ठक्करपछि ट्रकको चक्कामुनि परेर गम्भीर घाइते भएका गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक लेखनाथ भण्डारढीकका २२ वर्षीय विकल सुनार, मोटरसाइकल पछाडि बस्ने रुपा ७ का २५ वर्षीय दीपक विक पनि घाईते रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।


यस्तै, गएराति नै पृथ्वीराजर्मागस्थित लेखनाथको तालचोकमा भएको अर्को दुर्घटनामा बाग्लुङका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ । ग ३ च १४२२ नं को मिनीभ्यान र बा ९४ प १७०५ नं. को मोटरसाइकल राति ९ः४५ बजेको समयमा एकापसमा ठोक्किएको थियो । पाइजा काठमाडौँ कीर्तिपुर बस्दै आएका थिए । दुर्घटनामा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन