पोखरा पर्स्याङका सागरको गगनगौंडाको दुर्घटनामा दुःखद निधन, आफन्त र साथीहरु शोकमा

पोखरा पर्स्याङका सागरको गगनगौंडाको दुर्घटनामा दुःखद निधन, आफन्त र साथीहरु शोकमा

sagar (2)

पोखरा ।  पश्चिमाञ्चल मावि, गैह्रापाटनमा ११ कक्षा, मानविकी संकायमा अध्ययनरत सागर गुरुङको निधनले उनका आफन्तसँगै साथीहरु शोकमा डुबेका छन् । पोखरा महानगरपालिका–३२ गगनगौँडामा गएराति साढे ९ बजेतिर ग ७ प ७४२८ नं. को मोटरसाइकल र ग११प २३५८ नं.को स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु र ३ जना घाईते भएका थिए ।

पोखरा ५ पर्स्याङ घर भएका १८ वर्षीय सागर स्कुटर पछाडि सवार थिए । स्कुटर पोखरा २ अर्चलबोटका २५ वर्षीय निशान गुरुङले चलाएका थिए । ठक्करपछि ट्रकको चक्कामुनि परेर गम्भीर घाइते भएका गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक लेखनाथ भण्डारढीकका २२ वर्षीय विकल सुनार, मोटरसाइकल पछाडि बस्ने रुपा ७ का २५ वर्षीय दीपक विक पनि घाईते रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

यस्तै, गएराति नै पृथ्वीराजर्मागस्थित लेखनाथको तालचोकमा भएको अर्को दुर्घटनामा बाग्लुङका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ । ग ३ च १४२२ नं को मिनीभ्यान र बा ९४ प १७०५ नं. को मोटरसाइकल राति ९ः४५ बजेको समयमा एकापसमा ठोक्किएको थियो । पाइजा काठमाडौँ कीर्तिपुर बस्दै आएका थिए । दुर्घटनामा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds