क्याननले ल्यायो नयाँ मोडलका दुई क्यामेरा, यस्ता छन् विशेषता

क्याननले ल्यायो नयाँ मोडलका दुई क्यामेरा, यस्ता छन् विशेषता

Cannon

जापानी क्यामेरा निर्माता कम्पनी क्याननले दुई नयाँ मोडलका क्यामेरा सार्वजनिक गरेको छ । क्याननले इओएस ९०डी र इओएस एम६ मार्क२ सार्वजनिक गरेको हो । समान क्षमता भएपनि भिन्नाभिन्नै आकारका यी क्यमेरामा ३२.५ मेगापिक्सलको एपीएस–सी इमेज सेन्सर राखिएको छ । डीआईजीआईसी ८ इमेज प्रोसेसर रहेका यी क्यामेरामा १/१६००० क्षमताको इलेक्ट्रोनिक सटर छ ।

त्यस्तै, यी क्यामेरामा अनक्रप्ड ४ के/३० भिडियो रेकर्डिङ, लाइभ भ्यूमा ५,४८१ सेलेक्टेबल पोइन्ट्स सहित डुअल पिक्सल अटोफोकस सुविधा छन् । दुबै क्यामेरामा वाईफाई, ब्लूटूथ कनेक्टिभिटी र युएसबी–सी समेत जडान गरिएको छ । ९० डी क्यामेरा अन्य मिड रेन्जको डीएसएलआर क्यामेराजस्तै रहेपनि एम६ मार्क२ भने सन् २०१७ मा सार्वजनिक गरिएको एम६ जस्तै छरितो देखिन्छ ।

एम६ मार्क २ मा १४ एफपीएस शुटिङ क्षमता रहेको छ भने ९० डीमा १० एफपीएस छ । यसअघि सन् २०१६ मा सार्वजनिक गरिएको ८० डी क्यामेरामा केबल ७ एफपीएस शुटिङ क्षमता रहेको थियो ।

दुबै क्यामेरा आगामी महिनाबाट उपलब्ध हुने बताइएको छ । ९० डी क्यामेराको मूल्य १,१९९ अमेरिकी डलर तोकिएको छ भने एम६ मार्क २ को मूल्य ८४९.९९ अमेरिकी डलर तोकिएको छ । दुबै क्यामेराका लागि बेग्लै क्यानन लेन्स किट पनि उपलब्ध छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ