फेसबुक ह्याक हुने समस्या बढ्दो, कसरी बच्ने ? हेर्नुहोस् उपयोगी टिप्स

फेसबुक ह्याक हुने समस्या बढ्दो, कसरी बच्ने ? हेर्नुहोस् उपयोगी टिप्स

facebook photo

फेसबुक र फेसबुक जस्ता अन्य सामाजिक संजालहरू ह्याक हुन सक्ने सम्भावना सधैं रहेको हुन्छ ।  नेपालका सेलिब्रेटीहरुका फेसबुक प्रायः ह्याक भएका छन् । प्रयोगकर्ताले आफ्नो फेसबुक वा अन्य सामाजिक संजाल ह्याक नहोस् भनेर विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ । आफ्नो फेसबुक र अन्य सामाजिक संजालको अकाउन्ट सुरक्षित राख्नका लागि तल उल्लेख गरिएका कार्यहरू गर्नुहोस् :

१. आफ्नो पासवर्ड सधैं गोप्य र पृथक राख्नुहोस्

पासवर्ड राख्दा अधिकांस प्रयोगकर्ताले सजिलैसँग सम्झन सकिने र, अरु व्यक्तिहरूले सजिलैसँग अनुमान लगाउने सक्ने प्रकारका पासवर्डहरू राख्ने गरेको भेटिन्छ । यस्ता सजिलै अनुमान लगाउन सकिने पासवर्डको प्रयोग गर्दा प्रयोगकर्ताले आफ्नो अनलाइन गोपनियता र संबेदनशील डेटाहरूलाई जोखिममा राखिरहेका हुन्छन । त्यसैले निकै धेरै प्रचलनमा आएको पासवर्डहरू प्रयोग नगर्नु उचित हुन्छ । हरेक प्रयोगकर्ताको पासवर्ड सकेसम्म बेग्लै हुनुपर्छ र साधारण व्यक्तिले सजिलै अनुमान लगाउन नसक्ने प्रकारको हुनु पर्छ ।

आफ्नो पासवर्ड कसैलाई पनि सेयर नगर्नुहोस् । फेसबुक वा कुनै पनि सामाजिक संजालको पासवर्ड सकेसम्म पृथक बनाउनुहोस् । संसार कै सबैभन्दा कमजोर पासवर्डहरूको सूची यस लेखमा प्रदान गरिएको छ :

२. दुई कारक प्रमाणीकरण सुचारु गर्नुहोस्

दुई कारक प्रमाणीकरणको ( Two-Factor Authentication ) प्रयोगले अकाउन्टहरू निकै सुरक्षित हुने गर्दछन् । फेसबुकमा दुई कारक प्रमाणीकरण सुचारु गर्नका लागि Security and Login Settings मा गएर Use Two-Factor Authentication भन्ने विकल्प चयन गर्नुहोस् ।

दुई कारक प्रमाणीकरण सुचारु गरेपछि कुनै पनि नयाँ स्मार्टफोन वा कम्प्युटरमा फेसबुक लग इन गर्ने समयमा तपाईंको फेसबुकमा दर्ता भएको नम्बरमा एउटा कोड पठाउछ । उक्त कोडलाई फेसबुकमा हानेपछि मात्र फेसबुकमा लग इन गर्न सकिनेछ । यसरी तपाईंको फेसबुकको पासवर्ड चोरी भए पनि कुनै पनि व्यक्तिले तपाईंको फेसबुक खोल्न सक्नेछैन ।

३. हालै प्रयोगमा आएको इमेल र मोबाइल नम्बरबाट मात्र फेसबुक प्रयोग गर्नुहोस्

हालमा प्रयोगमा नआएका इमेल र मोबाइल नम्बरबाट आफ्नो फेसबुक अकाउन्ट चलाउनु हुँदैन । पुरानो र धेरै महिना देखि प्रयोगमा नआएका सिम कार्डको नम्बरहरू नेपाल टेलिकम र एनसेलले नयाँ प्रयोगकर्तालाई जारी गर्ने गर्दछ । तपाईंको पुरानो नम्बर जारी गरिएको नयाँ व्यक्तिले सजिलैसँग Forgot Password भन्ने विकल्पको प्रयोग गरेर तपाईंको पासवर्ड रिसेट गर्नसक्छ । यसै कारणले गर्दा पनि तपाईंले यदि पुरानो र प्रयोगमा नआएको नम्बरबाट फेसबुक सुचारु गर्नु भएको छ भने उक्त नम्बर परिवर्तन गर्नुहोस् ।

४. सार्वजनिक र अन्य कुनै व्यक्तिको कम्प्युटरबाट सधैं लग आउट गर्नुहोस्

सार्वजनिक कम्प्युटरहरू, जस्तै साइबरमा, फेसबुक वा कुनै पनि अरु सामाजिक संजाल प्रयोग गरेपछि लग आउट गर्ने बानी बसाल्नुहोस् । यसै गरी कहिले पनि धेरै व्यक्तिले प्रयोग गर्ने कम्प्युटरमा पासवर्ड सेभ नगर्नुहोस् । अरु कसैको कम्प्युटरबाट आफ्नो सामाजिक संजाल प्रयोग गर्न जाँदै हुनुहुन्छ भने Incognito / Private Window खोलेर चलाउनु उचित हुन्छ । इनकगनिटो मोडमा प्रयोग गर्दा तपाईंको इन्टरनेट प्रयोगको इतिहास र पासवर्ड केही पनि ब्राउजरमा सेभ गरिएको हुँदैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ