पोखराबाट काठमाण्डौं छुटेको माईक्रो दुलेगौंडामा पल्टियो, चालक गम्भिर घाइते

पोखराबाट काठमाण्डौं छुटेको माईक्रो दुलेगौंडामा पल्टियो, चालक गम्भिर घाइते

micro paltiyo

पोखरा । पोखराबाट काठमाण्डौं जाँदै गरेको माइक्रोबस तनहुँको दुलेगौंडामा दुर्घटना भएको छ । पृथ्वीरामार्ग अन्तर्गत दुलेगौँडा गल्छिनामा आइतबार बिहान माइक्रो दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् ।

पृथ्वी यातायात व्यवसायीद्वारा संचालित ना १ ख २९७० नं. माइक्रो बस दुर्घटना हुँदा माइक्रोका चालक गोरखा आरुघाट गाउँपालिका ३ निवासी ३६ वर्षीय धर्म गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

गुरुङको अनुहार र ढाडमा चोट लागेका छ । घाइते गुरुङलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ल्याईको छ । माइक्रो नालामा पल्टिएको छ । यात्रुहरु भने सबै सकुशल रहेका छन् ।

तस्विरः भञ्ज्याङ न्यूज

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ