पोखरा। समाज सेवामा क्रियाशील लामा अमृत फाउन्डेसन घान्द्रुकको आयोजनामा दोस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता शुरू भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ मंगलबारदेखि शुरु प्रतियोगिता सुरु भएको छ । २१ गते सम्म सञ्चालन हुने प्रतियोगिता मंगलबार देखि कर्पाकेली समाजको प्राङ्गणमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र टिम ‘ए’ ले पिबिटि युनाईटेडलाई सोझो सेटमा पराजित गर्याे । त्यस्तै दोस्रो खेलमा शान्ता भलिबल प्रशिक्षण केन्द्रलाई छन्त्याल समाजले सोझो सेटमै पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गर्याे । भने तेस्रो खेलमा स्याङ्जाको अनुपस्थितिमा विभागिय टोली एपीएफ टिम ‘बी’ बिजयी बन्यो ।
प्रतियोगितका खेलकुल संयोजक अनिल गुरुङले क्लब स्तरिय पुरष भलिबल तर्फ १४, महिला तर्फ ९ र भेट्रान्स तर्फ ६ टिमको सहभागिता रहेको बताए । उनका महिला र भेट्रान्स तर्फ टिम दर्ता भैरहेको छ ।
गुरुङले प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्रदान गरिने बताए । त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १४ हजार प्रदान गरिने बताए ।
उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्नेछ । संयोजक गुरुङले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा पुरस्कृत गरिने समेत जानकारी दिए । प्रतियोगितामा याजम्रो डान्स गु्रप लम्जुङका कलाकारहरुद्वारा स्वागत नृत्प प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन