पोखरा । पोखराका दुई वटा विद्यालय देशभरकै उत्कृष्ट विद्यालय बनेका छन् । एक सामुदायिक र एक संस्थागत गरी दुई वटा विद्यालय उत्कृष्ट विद्यालयको छनौटमा परेका हुन् । उत्कृष्ट बन्नेमा सामुदायिकतर्फ अमरसिंह मावि र संस्थागततर्फ एसओएस हर्मन माईनर रहेका छन् ।
शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गर्नेछ । यसरी उत्कृष्ट बन्नेमा कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी देशभरका १२ विद्यालय रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
जस अनुसार ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा’ अन्तर्गत कक्षा १२ सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ अमरसिंह मावि, मोरङ् ईन्द्रपुरको सुकुना मावि र पर्वत फलेवासको भवानी विद्यापीठ क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
यस्तै सोही समूह अन्तर्गत संस्थागत तर्फ क्रमशः कास्कीकै एसओएस हर्मन माईनर प्रथम, काभ्रे सांगाको नेपाल प्रहरी मावि द्धितीय र काठमाडौं माईतीघरको सेण्ट जेभिष्सै कलेज तृतीय भएका छन् ।
यसैगरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० तर्फ सामुदायिकमा मेधा सामुदायिक विद्यालय तेखापुखु भक्तपुर, रेसुङ्गा मावि तम्घास गुल्मी र तरुणमावि बालाजु काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
यही समूहका संस्थागत तर्फ रिलायन्स ईण्टरनेशनल एकेडेमी कपन काठमाडौं, नेपाल प्रहरी मावि साँगा काभ्रे र भ्याली भ्यु ईङ्लीस स्कुल नयाँ बनेश्वर काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
तोकिएको मापदण्डका आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट छनौट गरी पठाईएका विद्यालयलाई पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ ।
सामुदायिक र संस्थागत दुवै तर्फ उत्कृष्ट बनेका सबै विद्यालयलाई आगामी भदौ २२ गते परेको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसका दिन काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने बताइएको छ ।
सम्बन्धित खबर
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
जेनजी आन्दोलनमा बाइक जलाइएपछि देउसीभैलो खेलेरै किने प्रहरीले
आरजु विष्ट ‘सल्यानी’ लाई गीतकार सम्मान, गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत
यो पनि पढौँ
पोखरा सहकारीमा झण्डै एक अर्ब हिनामिना: अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने