तनहुँ । क्याम्पसमा शिक्षक नियुक्ति राजनैतिक भागबन्डा र पहुँचको आधारमा नभई क्षमताको आधारमा हुनुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
सो कुरा गुरुङले बुधबार आदिकवि भानुभक्त क्याम्पसको १०औं साधारणसभा तथा ३३औं वार्षिकोत्सव समारोहमा भनेका हुन ।
अहिले देशभरी नै कुनै न कुनै राजनीति दलमा आस्था राख्ने व्यक्तिलाई मात्रै नियुक्ति दिइएको छ । क्षमता भएका शिक्षकले भने नियुक्ति पाउन नसके उनले बताए ।
पिएचडि र एमफिल पास गरेका शिक्षक लाई मात्रै क्याम्पस तथा विश्वविद्यालयहरुले नियुक्ति गर्नुपर्ने मुख्यमन्त्री गुरुङले बताए । शिक्षण संस्थाको संख्यामा होइन गुणस्तरमा विशेष ध्यान दिनुपर्ने समेत गुरुङले बताए ।
अहिले क्याम्पस राजनीति गर्ने अखडा बनेको समेत मुख्यमन्त्री गुरुए बताए । गुणस्तर र सर्वसुलभ शिक्षा प्रदान गर्न सके अन्य देश तथा अन्य जिल्लाका विद्यार्थीहरु समेत अध्ययन अनुसन्धान गर्न आउने उनले बताए ।
गण्डकी प्रदेश सरकारले समेत विश्वविद्यालय खोल्न लागेको जानकारी दिए । प्रदेश सरकारले पुरानो काम फरक ढंगले गर्न लागेको मुख्यमन्त्री गुरुङले बताए ।
भ्रष्टाचारको अन्त्य नगरेसम्म समृद्धि सम्भव नभएको मुख्यमन्त्री गुरुङले बताए । ‘कृषिप्रधान देश नेपालमा आयात बढेको बढै छ त्यसैले उत्पादनमा ध्यान दिन आवश्यक रहेको छ’ मुख्यमन्त्री गुरुङले भने ‘अहिले तिनै सरकारकि उद्देश भनेको आर्थिक समृद्धि गराउनु हो ।’
आदिकवि भानुभक्त क्याम्पस संचालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले क्याम्पस परिपक्क भएको बताए । प्रगतिको आधारमा परिपक्क भएको मन्त्री चुमानले बताए ।
हामी सबैलाई दोर्याउने विषय भनेको संघीयता हो चुमानले भने । त्यस्तै व्यवसायीक शिक्षा आजको आवश्यकता भएको प्रतिनिधि सभाका सांसद केदार सिग्देलले बताए । व्यापार घाटा कम गर्न उत्पादनको क्षेत्रमा विशेष जोड दिन आवश्यक रहेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य आशा कोइराला, दोबाटे विक, सरिता गुरुङ लगाएतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा स्वागत क्याम्पस संचालन समितिका उपाध्यक्ष श्रीराम कार्कीले गरेका थिए । कार्यक्रमको संचालन भने सहायक क्याम्पस प्रमुख आत्माराम बास्तोलाले गरेका थिए ।
सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला