काठमाडौं । शनिबारदेखि लागू हुने गरी सरकारले दूधको मूल्य बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय भएको दुग्ध विकास संस्थानले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई बिहीबार पत्राचार गरेको थियो । शुक्रबार बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण २१ गते शनिबारबाट लागू हुने गरी मूल्य बढाइएको हाे ।
सरकारले दूधको मूल्य बढाउने बारे अध्ययन गर्न २९ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल नै बनाएको थियो ।
दुग्ध विकास संस्थानका सूचना अधिकारी सुभाषप्रसाद भट्टराईका अनुसार कार्यदलले कम दूध उत्पादन हुने मौसममा १४.२९ प्रतिशत अर्थात १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममो ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो ।
संस्थानकाअनुसार बढेको मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले पाउने छन् । नयाँ मूल्य अनुसार उपभोत्ताले भने अब एक लिटरको दुधका लागि ७६ रुपैयाँ तिर्नेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु