पोखरा । पोखरा १४ चाउथे स्थित खसीबजार चोकमा रहेका तीन पसलमा चोरी भएको छ । असारदेखि भदौसम्म ३ महिनामा सँगै रहेका पसलहरु चोरी हुँदा पनि प्रहरीले सुरक्षाका लागि वास्ता नगरेको पीडितहरुको गुनासो छ ।
पहिलो पटक असारमा अर्जुन बास्तोलाले सञ्चालन गरेको पोखरा मोबाइल हाउसमा चोरी भयो । त्यसको २५ दिनपछि दिनेश केसीको उषा वाइन शपमा चोरी भएको र भदौ १९ गते नवराज अधिकारीको मनकान्छी फेन्सी सप्लायर्समा चोर पसेर सामानहरु लग्दा समेत प्रहरीले सुरक्षा दिन नसकेको तिनै जना पीडितले दुःखेसो पोखे । राति १ बजेदेखि ३ बजेभित्र एउटै घरको ३ सटरमा चोरी भईसकेको छ । चोरी हुन बाँकी पूजा पसल मात्र छ ।
चाउथेको पुलिस बिट भन्दा ५०० मिटर नजिकै रहेको सो स्थानमा महिनैपिच्छे एउटै घरका सटरमा चोरी भएको । यस विषयमा वडा प्रहरी कार्यालय रामबजारमा २ पटक निवेदन दिइसकेको जानकारी गराउँदै उषा वाइन शप सञ्चालक केसीले प्रहरी इन्स्पेक्टरलाई समेत भन्दा पनि सुरक्षाका लागि वास्ता नभएको बताए ।
‘नजिकै प्रहरी बिट छ । यसरी चोरी भएको छ भनेर भन्यौं, हामीले चोरेका हौं र ? भन्छन् प्रहरीहरु । यस विषयमा प्रमुखलाई समेत भन्दा पनि सुरक्षा कडा बनाउँछु, यस एरियामा २ जना खटाउँछु भन्नुभयो तर ३ दिन भयो, छैन । ‘ – केसीले भने । वडा प्रहरी प्रमुखलाई जानकारी गराउँदा समेत एक पटक पनि चोरिएको पसलबारे बुझ्न र निरीक्षण गर्न नआएको पीडितहरुको गुनासो छ ।
वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दीपक केसीले भने बुझिसेको प्रतिक्रिया दिए । उनले भने सबै पसलहरुमा सामान्य चोरी हो, मुचुल्का नै उठाएर ल्याएको, किन नजानु ? सुरक्षामा प्रतिबद्ध छौं ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर