Gandak News
Our News Your Views
sag 11
Trade Mall
Lets

चिट चोर्न नदिन यस्तो कोक्रो लगाइदिएपछि दुनियाँ अचम्मित, शिक्षक ‘सस्पेन्ड’

Loading...

मेक्सिकोमा हालै ‘हाइस्कुल’का विद्यार्थीको परीक्षामा शिक्षकले लगाएको एक अनौठो नियमले दुनियाँ अचम्मित पारेको छ । हालै प्रशिक्षार्थीहरुले चिट नचोरुन् भनेर एक शिक्षकले उनीहरुको आँखाको दुबै पट्टी ‘कार्डबोर्ड’ लगाइदिएका थिए । तर यस्तो हर्कत गरेकोमा ती शिक्षक ‘सस्पेन्ड’ भएका छन् ।

परिक्षामा विद्यार्थीहरुले चिट चोर्ने चलन धेरै भएपछि ती शिक्षकले यस्तो गरेको बताइन्छ । स्थानीय मिडियाका अनुसार मेक्सिकोको तियाक्साला राज्यस्थित यस्तो घटना भएको हो ।

यस्तो घटना मिडियामा सार्वजनिक भएपछि विद्यार्थीका अभिभावकले समेत विरोध जनाएका छन् । विद्यार्थीमाथि अन्याय गरिएको उनीहरुको गुनासो छ । शिक्षकलाई कडा कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

घटना बाहिरिएपछि प्रहरीले पनि यसबारे अनुसन्धान गरिने जनाएको छ । यस्तै सामाजिक सञ्जालमा पनि यसबारे टिका टिप्पणी भइरहेको छ । अधिकांशले ती शिक्षकमाथि ठट्टा गर्नुका साथै आलोचना गरेका छन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको