पोखरा महानगरपालिका १६ भलाम स्थित झोलुङ्गे पुल तल आइतबार एक पुरुषको शव फेला परेको छ । सुर्खेत लेतेबेशि नगरपालिका २ घर भई हाल पोखरा महानगरपालिका २० तल्लोदिप बस्ने ४५ वर्षका अमर सिंजाली मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनाबारे थाहा हुनासाथ प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।
मझेरीपाटनमा दुर्घटनाः
पोखरा महानगरपालिका १४ मझेरीपाटन स्थित ग ९ प ४४५६ नंम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा स्कुटर चालक सोही स्थानका वर्ष २० को शिशिर गुरुङ सहित पैदल यात्री वर्ष ८५ की रेवती रानाभाट घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
तनहुँको हलेदीमा स्कुटर दुर्घटनाः
शुक्लागण्डकी नगरपालिका २ हलेदी स्थित पृथ्वी राजमार्गमा पोखराबाट दमौली तर्फ जाने क्रममा ग १५ प २१७० नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टनजादाँ स्कुटर चालक तनहुँको शुक्ला गण्डकी नगरपालिका(४ दुलेगौडा बस्ने अंन्दाजीवर्ष ३५ को बिलास परियार घाईते भई उपचारको लागि मणिपाल अस्पताल पोखरा ल्याइएको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन