पोखराको शितलादेवी मावि र विन्ध्यवासिनी मावि गण्डकी प्रदेशमा उत्कृष्ट विद्यालय बनेका छन् । यस्तै, बाग्लुङको गणेश मावि पनि उत्कृष्ट ठहरिएको छ । सामुदायिक विद्यालय तर्फ शितलादेवी प्रदेशमै सर्वोत्कृष्ट बन्दा गणेश मावि दोस्रो र विन्ध्यवासिनी मावि तेस्रो उत्कृष्ट भएका हुन् ।
उक्त विद्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ मा नतिजा मुल्यांकनका आधारमा उत्कृष्ट नतिजा ल्याउँदै सरकारी विद्यालय तर्फ यी विद्यालयहरु गण्डकी प्रदेशमा नै उत्कृष्ट बन्न सफल भएका हुन् । ४० औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले यी विद्यालयहरुलाई सम्मान ग¥यो ।

कार्यक्रममा विद्यालयहरुलाई नगदसहित उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ , सामाजिक विकास मन्त्री नरदेवी पुनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका अध्यक्ष एवं विद्यालय प्रतिनिधिहरुलाई नगद र प्रमाणपत्र प्रदान गरे ।
नेपाली विषयतर्फ विन्ध्यवासिनी मा.वि कै शिक्षक भेषराज पौडेल लगायत सम्मानित भएका छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो