पोखरा । नेपाली साङ्गीतिक समूहको चर्चित दार्जिलिङे रक ब्याण्ड ‘मन्त्र ब्याण्ड’ का टोली चढेको स्कार्पियो दुर्घटनामा परेको छ । पोखरा १८, सराङकोटमा आईतबार राति ८ बजेतिर ग १ ञ ७९५ नम्बरको स्कार्पियो ब्रेक फेल भई भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । दुर्घटनामा तीन जना दार्जिलिङका र एक जना धादिङका गरी ४ जना घाईते भएका हुन् ।
‘रक एण्ड रोल’ सङ्गीतमा निकै लोकप्रिय यस ब्याण्डका भोकलिष्ट भाष्कर देवान सहित गिटारिस्ट प्रज्ञा लामा, निमा भुटिया र गाडी चालक धादिङ नौबिसेका ईश्वर तामाङ घाईते भएको प्रहरीले जानकारी दिएको छ । ४३ वर्षीय भाष्कर देवानको निधारमाथिको भाग टाउकोमा चोट लागेको छ । २६ वर्षीय प्रज्ञा र निमाको पनि टाउकोमा चोट लागेको छ । चालक तामाङको दाहिने हातमा चोट लागेको छ । घाईते सबैको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको छ । सबै जना खतरामुक्त रहेको अस्पताल श्रोतले जनाएको छ ।
मन्त्र ब्याण्ड दार्जिलिङमा स्थापित ब्याण्ड हो । मन्त्र ब्याण्डका वर्तमान सदस्यहरूमा भास्कर देवान, प्रज्ञा लामा, बिर्जु चौधरी, मनिष थापा, विधान थापा, प्रभाष सुब्बालगायत छन् । वीर गोर्खाली, एकान्तमा, संस्कृति, हिमाली नेपालीलगायतका गीतहरु युवा पुस्तामाझ निकै चर्चित रहेका छन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन