काठमाडौं, २४ भदाै । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजबाट सुरु हुँदै छ । कांग्रेसका आदर्श नेता बीपी कोइरालाको १०६ औं जन्म जयन्तीकाे अवसर पारी आजबाट दाेस्राे चरणकाे अभियान सुरु गर्न लागिएकाे हाे । हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरणको दोस्रो चरणको अभियानको कार्यक्रम अन्तर्गत कांग्रेसका केन्द्रीय पदाधिकारीहरुले विभिन्न जिल्लामा सम्बोधन गर्ने र साे अभियान देशब्यापी रूपमा एकसाथ प्रारम्भ हुने जनाइएकाे छ ।
अभियानको सुभारम्भ बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतीकस्वरुप त्यति नै बिरुवा हरेक प्रदेशसभा क्षेत्रमा गरी करिब ८०० विरुवा रोपेर गरिने भएको छ ।आज पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदारले सुनसरीमा सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की, उपसभापति विमलेन्द्र निधिले धनुषा, महामन्त्री डा. शशांक कोइरालाले मकवानपुर, अर्का महामन्त्री पूर्णबहादुर खड्काले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएकाे छ ।
जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित बिशेष संवाद ,संविधान दिवसका कार्यक्रम, वडा स्तरीय अन्तर्कृया, स्थानीय तहको दुई बर्से समिक्षा कार्यक्रम, पार्टी प्रवेश कार्यक्रम आदि हुने नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बताएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार