सहुलियत दरमा ग्यास उपलब्ध गराउने – मन्त्री यादव

सहुलियत दरमा ग्यास उपलब्ध गराउने – मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको जानकारी दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभामा मन्त्री यादवले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारी भइरहेको बताए । यस बारेमा सम्बन्धित निकायसँग छलफल भइरहेको उनको भनाइ थियो ।

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानूनी जटिलता हुने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान सरकार तयार रहेको बताए । मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको दाबी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds