काठमाडौं । इन्द्रजात्रा पर्व आज शुक्रबार मनाइँदै छ । भाद्र शुक्ल चर्तुदर्शीका दिन काठमाडौं उपत्यकालगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा वर्षा र सहकालका देवता,स्वर्गका राजा देवराज इन्द्रको पूजा अर्चना गर्दै इन्द्र जात्रा पर्व मनाइने गरिन्छ ।
भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन गएको मंगलबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि यो जात्रा सुरु भएको हो । इन्द्रजात्राको १ दिनअघि बार ५४ जना कुमारीको पूजा गरिएको छ । यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। इन्द्रजात्रामा तल्लो टोलबाट रथ तानेर माथिल्लो टोलसम्म पु¥याइन्छ ।
जात्राको मुख्य दिन हनुमानढोका दरवारक्षेत्रमा दिउँसो राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुने २५ वडा काठमाडौं जात्रा व्यवस्थापन समितिका राजन मर्हजनले जानकारी दिए ।
शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ। इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ