फेसबुकमा जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न बन्देज लाग्न गइरहेको छ। फेसबुक व्यवस्थानले पोस्ट गरिने आपत्तिजनक सामग्रीका खिलाफ कडा पाइला चाल्न गइरहेको छ। अब सत्यता नभएको तपाईले पोस्ट गरेको सामग्री फेसबुकमा पोस्ट नै हुने छैनन्, फेसबुकले यस्ता पोस्टलाइ ब्लक गरी दिने छ ।
फेसबुकको ‘ग्लोबल प्रेसिडेन्ट’ मोनिका बिकर्टले भनेका छन्, ‘हामी चाहन्छौँ सामाजिक सञ्जालमा जुन पनि सामग्री प्रयोगकर्ताले पोस्ट अथवा शेयर गर्छन् ती सत्य हुन्। यस्तो भएमा फेसबुकको वातावरण विश्वसनीय हुनेछ । हामी फेसबुकको गलत प्रयोगका खिलाफ कडा अप्रेसन गर्न गईरहेका छौँ। हामी फेसबुकलाइ मिसरिप्रेजेन्ट गर्न रोक लगाउन गईरहेका छौ।’
फेसबुकले हालै आफ्नो ‘कम्युनिटी स्टैण्डर्ड’लाई ‘अपग्रेड’ गरेको छ। फेसबुक व्यस्थापनले जानकारी दिएअनुसार अब पोस्टको सत्यता निरूपणका साथै यसले तीनवटा कुरामा विशेष ध्यान दिन्छ ती हुन, ‘सेफ्टी’, ‘डिग्निटी’ र ‘प्राइवेसी’।
फेसबुक मञ्चलाई सुरक्षित बनाउन यस्तो गर्न लागिएको हो । बिकर्ट भन्छिन, ‘जुन पोस्टले मानिसमा डर, भय, त्रासको भाव उत्पन्न गराउँछन् तिनलाई तुरुन्तै हटाइनेछ।
केहि दिन पहिला गूगलले पनि आफ्नो ‘कन्टेट सर्च पोलिसीमा परिवर्तन गरेको थियो । यस अनुसार अब गूगलमा ‘सर्च’ गर्दा सबैभन्दा पहिला (सबैभन्दा माथि) ती सामग्री मात्रै देखिन्छन् जसको वैधता प्रमाणित हुन्छ ।
कुनै किसिमका भ्रामक र उत्तेजना एवं वितृष्णा फैलाउने खाले सामाचार वा अन्य सामग्री तपाईले ‘सर्च’ गर्नासाथ माथि देखिँदैनन। गूगलले अझै पनि आफ्नो ‘सर्च इन्जन’को ‘एल्गोरिद’मा व्यापक परिवर्तन गरिरहेको छ ।
अब फेसबुक पनि आफूमा सुधार गर्न सक्रिय भएको छ । अब तपाईले जथाभावी फोटो पोस्ट गर्न, जे पायो त्यही लेख्न पाउनु हुन्न, यसमा बन्देज लाग्ने छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’