पोखरा ।लामो समय चर्चा/परिचर्चापछि अन्ततः स्वर्गीय रबिन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई नै कास्की २ को उपनिर्वाचनमा नेकपाको उम्मेदवार हुने लगभग निश्चित भएको छ । आगामी मंसिर १४ गते कास्कीको क्षेत्र नं. २ मा हुने देशकै एकमात्र प्रतिनिधि सभा उपनिर्वाचनमा सबैभन्दा ठूलो दल नेकपाबाट रविन्द्रपत्नी विद्या नै उम्मेदवार हुने टुंगो लागेको नेकपा श्रोतले जनाएको छ ।
श्रोतका अनुसार नेकपाको बैठकमा सोमबार अधिकांश नेताहरुले विद्यालाई नै उम्मेद्वार बनाउनुपर्ने धारणा राखे । विद्यार्थी राजनीतिमा लामो समय होमिएकी विद्या प्राध्यापन सेवातिर लागेपछि राजनीतिबाट टाढा भई श्रीमान् रविन्द्रलाई सघाएकी थिईन् । उनी सक्षम भएकाले पनि राजनीतिमा फर्कन शुभचिन्तकको अपेक्षा रहेको थियो । रविन्द्रको अन्तिम संस्कारताका पोखरा आउँदा बामदेव गौतमको चर्चा चल्यो, तर त्यसबेलै बामदेवले पनि विद्यालाई नै अगाडि सारे राम्रो हुने प्रतिक्रिया दिएका थिए । पछिल्लो समय फेरि बामदेवको उच्च सम्भावना रहेको, अध्यक्षहरुले समेत बामदेवलाई अफर गरेकोमा जनस्तरमा धेरै विमति आए । अब नेताहरुले नै बैठकमा विद्यालाई उठाउनुपर्ने माग गरेपछि नेकपा अध्यक्ष केपी ओली र प्रचण्डलाई थप दबाब परेको हो ।
अहिले नेकपा कास्कीका नेता तथा कार्यकर्ताहरुले विद्या भट्टराईलाई बधाईका साथ चुनावमा जित्न शुभकामना समेत दिन सुरु गरिसकेका छन् । तर, पार्टी भने केही बोलेको छैन । गत १५ फागुनमा ताप्लेजुङमा भएको हेलीकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधन भएपछि कास्की २ रिक्त रहेको छ । कास्की २ मा तुलबहादुर गुरुङ र सोमनाथ प्यासीको चर्चा पनि चलेको थियो ।
सम्बन्धित खबर
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
जेनजी आन्दोलनमा बाइक जलाइएपछि देउसीभैलो खेलेरै किने प्रहरीले
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट