पोखरा । पोखराको फेवातालमा बुधबार भेटिएको शवको पहिचान भएको छ । सो शव पोखरा-१७ घारीपाटनका आश बहादुर गुरुङको रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।४२ वर्षीय गुरुङको शव बुधबार दिउँसो ड्यमसाइड क्षेत्रमा भेटिएको थियो । माछा मार्न गुरुङ बिहानैबाट तालमा पुगेका थिए ।
मादक पदार्थ सेवन गरेको जस्तो देखिएका उनी दिउँसो एक्कासी तालमा हाम फालेको स्थानीयले प्रहरीलाई बताएका छन् । तर उनले मापसे गरेको नगरेको बारे पोष्टमार्टमपछि नै थाहा हुने डिएसपी शाहले बताए ।‘मापसे गरेर हाम फालेको भन्ने कुरा प्रत्यक्षदर्शीबाट आएको छ,’ उनले भने, ‘मापसे गरे/नगरेको पोष्टमार्टमपछि थाहा हुन्छ ।’ प्रहरीले माछा मार्दा चिप्लिएर तालमा खसेको हुनसक्ने अनुमान गरेको छ ।
बुधबार दिउँसो तालमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी र गोताखोरको टोलीले उनको शव तालबाट निकालेको थियो । फेवातालमा डुङ्गा सयर गर्दा, पौडी खेल्दा वर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन् । तालमा हाम फालेर आत्महत्या गर्ने गरेको पनि पाइन्छ । खराब मौसम, पौडी खेल्न नजानी तालमा पस्नाले र पर्याप्त होसियारी नअपनाउँदा फेवासँगै बेगनास तालमा यस्ता घटना बढ्दै गएको छ ।
सम्बन्धित खबर
फेवातालमा बेपत्ता युवकको शव फेला
पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्