गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । शल्यक्रिया हुनु पूर्व वास्तविकता जानकारी गराइनुपर्ने भएपनि पोखरा सिर्जनाचोकस्थित फेवासिटी अस्पतालमा भने बिरामीलाई एपेन्डिसाइटिस भएको बताएर पाठेघरको शल्यक्रिया गरेको घटना बाहिर आएको छ ।
पोखराको नयाँ गाउँका सुरज थापाकी श्रीमती सबिता राई थापाले कोखा दुखेका कारण फेवासिटी अस्पतालको इमरजेन्सीमा जाँच गराइन् । त्यहाँ भएका डाक्टरले उनलाई एपेन्डिक्स भएको र तत्काल अपरेसन गर्नुपर्ने सुझाए । डाक्टरको सुझाव अनुसार बिरामीको रगत पिसाब सबै चेक गरियो र एपेन्डिक्स नै भएको निधो गरेर भोलिपल्टका लागि अपरेसन फिक्स गरियो ।
भोलिपल्ट ४ बजे सबितालाई अपरेसन गर्न थिएटरमा लगियो र अपरेसन सुरु गरियो । अपरेशन गरेर आधा घण्टामा अपरेशन थिएटरबाट बाहिर निकाल्न नपाउँदै डाक्टरले आएर उनको एपेन्डिक्सको नभई पाठेघरको अपरेशन गरेको भनेर बल्ल उनका श्रीमानलाई जानकारी गराययो , त्यसपछि सुरज एकाएक आश्चर्यमा परे । वास्तवमै उनीहरुलाई झुक्याएर एपेन्डिक्सको समस्या छ भनेर पाठेघरको अप्रेशन गरिदिएको रहेछ ।
अस्पतालका त्रिभुवन पराजुलीले एपेन्डिक्स भनेर अपरेसन गरेको भएता पनि उनको समस्या एपेन्डीक्सको नभई पाठेघरको समस्या भएको बताएका छन् । अस्पतालले उनको पाठेघरको अप्रेसन गरिदिएको र उनको पाठेघरमा बच्चा बसेको दाबी गरिरहेको छ, तर थापा परिवार त्यो मान्न तयार छैनन् ।
पीडितका अनुसार उनको पिसाब पोल्ने समस्याका कारण एक महिना अगाडि पोखराकै पद्म नर्सिङ होममा जँचाएको र एक्स–रे गर्दा बच्चा नरहेको साथै फेवासिटी अस्पतालमा नै उनको पिसाब तथा भिडियो एक्स–रे गर्दा समेत बच्चा नरहेको रिर्पाेट दिएको थियो ।
अस्पतालकी गाइनोकोलोजिस्ट चन्द्रिकाले पीडितलाई अब गर्भवती हुनसक्ने सम्भावना ३० प्रतिशत मात्र रहेको बताएपछि आफन्त झनै चिन्तित छन् । हाल आएर पीडित थापाले आफूलाई पूर्ण रुपामा स्वस्थ्य बनाइनुपर्ने र गर्भधारण गर्न सक्ने अवस्थामा फर्काउन अस्पतालले जिम्मेवारी लिनुपर्ने अडानमा छिन ।
श्रोतः न्यूज24नेपाल
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो