पर्यटकीय स्थलको प्रवर्द्धनका लागि नेपालभर भोलि बृहत सरसफाई कार्यक्रम हुँदै

पर्यटकीय स्थलको प्रवर्द्धनका लागि नेपालभर भोलि बृहत सरसफाई कार्यक्रम हुँदै

received_2425000920923428

काठमाडौ । नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटन भित्राउने उद्देश्य सहित “नेपाल भ्रमण वर्ष २०२०” अभियान सुरुवात गरेको छ । सोहि नेपाल भ्रमण वर्षलाई सहयोग गर्न भोलि शुक्रबार विश्व पर्यटन दिवसको सन्दर्भमा देशभर बृहत सरसफाई कार्यक्रम हुदैछ । शुक्रबार बिहान ८ बजे देखि देशभर ७७ स्थानमा सरसफाइ हुनेछ ।

नेपाल युवा परिषदको जिल्ला शाखाहरु को नेतृत्वमा सो सरसफाई कार्यक्रम हुनेछ । नेपाल युवा परिषदले पर्यटन प्रवद्र्धन गर्नुका साथै त्यस्ता ओझेल परेका र प्रसिद्ध पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उदेश्य सहित विश्व पर्यटन दिवसको दिन अर्थात् सेप्टेम्बर २७ (असोज १० गते) का दिन कार्यक्रम गर्न लागेको हो ।

नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटन भित्राउने उदेश्य सहित “नेपाल भ्रमण बर्ष २०२०” अभियान सुरुवात गरेको छ । साथै नेपाल सरकारले यस वर्षलाई युवा परिचालनको वर्षको रुपमा समेत घोषणा गरेको छ ।

नविल बैँकको आर्थिक सहयोगमा र नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको सहकार्यमा, कोकाकोला नेपालको सहकार्यमा, ७७ वटै जिल्लामा रहेका पर्यटकीय स्थलहरुको पहिचान गरि उक्त स्थानमा १०० भन्दा बढी युवाहरुलाई सहभागीता गराई राष्ट्रिय स्तरको बृहत सरसफाई कार्यक्रम २०७६ गर्न लागेको नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताए ।

उक्त कार्यक्रम ७७ वटै जिल्लामा एकैदिन आयोजना हुने परिषदले जनाएको छ । उक्त कार्यक्रम सरसफाई कार्यक्रम मात्र नभईकन नेपालका ओझेलमा रहेका पर्यटकीय स्थलहरु प्रवर्धन गर्ने एउटा उत्तम अवसर सावित हुने कुरामा नेपाल युवा परिषदले जनाएको छ । उक्त कार्यक्रमको लागि राष्ट्रिय युवा सम्मेलन २०१९ मा सहभागिता जनाएका सहभागिहरुले स्थानीय तहमा नेतृत्व लिएका छन ।

नेपाल युवा परिषद एक बिशुद्ध सामाजिक संस्था हो । जसले विगत ८ बर्षदेखि युवाको नेतृत्व बिकास, युवा उद्यमशिलता, व्यक्तित्व बिकास, युवाका लागि वाताबरण, दिगो बिकास लक्ष्य प्राप्तीमा युवा र सुचना प्रबिधि क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाउँदै कार्य गर्दै आईरहेको छ । कुल जनसंख्याको करिव ४०.३५ प्रतिशत हिस्सा ओगटेको युवा जनसंख्याले चाल्ने सकारात्मक परिवर्तनले समाजलाई सकारात्मक बाटोमा तर्फ अग्रसर गराउने छ । त्यसकारणले “युवा परिवर्तनका संवाहक हुन्” भन्ने मुख्य उदेश्यका साथ आमुल परिवर्तनको लागि नेपाल युवा परिषदले ७ वटै प्रदेश र ७७ वटै जिल्लाका युवाहरुको साथमा काम गर्दै आईरहेको छ । गत अगष्टमा नेपाल युवा परिषदले सातौँ “राष्ट्रिय युवा सम्मेलन २०१९” भव्यताका साथ सम्पन्न गर्न सफल भएको थियो जहाँ ७७ वटै जिल्लाका १५४ स्थानिय तहका युवाहरुको सहभागिता रहेको थियो र ५० जना बिभिन्न समुदायका प्रतिनिधित्व गर्ने युवाहरु गरी २०४ जना युवाहरुको व्यापक सहभागिता रहेको थियो । उक्त सम्मेलनमा बिश्व पर्यटन दिवस २०१९ को दिन अर्थात् सेप्टेम्बर २७ को दिनमा ७७ वटै जिल्लामा एकैपटक पर्यटन प्रवद्र्धन गर्ने उदेश्य सहित एक पर्यटकीय स्थलको बृहत सरसफाई कार्यक्रम आयोजना गर्ने भनी घोषणा गरिएको थियो।

नेपाल पर्यटकीय हिसाबले बिश्वमा नै धेरै राष्ट्रहरुमध्ये एकमा पर्दछ । विश्वको सर्वोच्च शिखर सगरमाथा देखि एशियाकै ठुलो उपत्यका र होचो भुभाग पनि यही देशमा अवस्थित रहेको छ ।

यस बृहत सरसफाई कार्यक्रममा विभिन्न संघसंस्थाहरु वा व्यक्तिगत तवरबाट पनि यस महान अभियानमा सहभागीता गर्न हुन सम्पूर्ण युवाहरु, बिद्यार्थी र समाजसेवीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds