मिस एण्ड मिसेस् फिटनेस पोखराको उपाधि बिमलालाई

मिस एण्ड मिसेस् फिटनेस पोखराको उपाधि बिमलालाई

fitness feature

पोखरा । तेस्रो संस्करणको मिस एण्ड मिसेस फिटनेस पोखराको उपाधि बिमला शेरचनले जितेकी छन् । सेप अप जुम्बाको आयोजनामा पोखरा ग्राण्डमा शुक्रबार भएको ग्राण्ड फिनालेमा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

प्रतियोगितामा सबिना पुन फस्ट रनरअप बनिन् । लक्ष्मी गुरुङ सेकेन्ड रनर अप हुन सफल भईन् । भ्युअर्स च्वाइसको उपाधि सन्तोषी कुँवरले जितिन् । कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री किरण गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

द लुप इन्टरटेन्मेन्ट प्रा।लि। को कार्यक्रम बेवस्थापनमा भएको कार्यक्रममा पम्फा गुरुङ, कौशल्या गुरुङ, निलिमा हिराचन, प्रतिमा गुरुङ, बिश्व ज्योति गुरुङ र आशिष पुरी निर्णायक थिए । विजेताहरुले विदेश भ्रमणका साथै बिभिन्न अवसरहरु प्राप्त गर्ने आयोजक द लुप इन्टरटेन्मेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक सौरभ थापा जनाए ।

तस्बिर : एस टु प्रोडक्सन

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ