तनहुँको भानुमा आतंक मच्चाउने नरभक्षी चितुवा पर्यो खोरमा

तनहुँको भानुमा आतंक मच्चाउने नरभक्षी चितुवा पर्यो खोरमा

Chituwa Khorma 1

किरण श्रेष्ठ, तनहुँ । तनहुँको भानु नगरपालिकामा बुधबार राति एउटा चितुवा खोरमा परेको छ । स्थानीय सामुदायिक वनले भानु वडा नं २ मा पर्ने जंगलमा बनाएको काठको खोर बनाएका थिए ।

उक्त काठको खोरमा बुधबार राति करिब १० बजेको समयमा चितुवा खोरमा परेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । भानु नगरपालिकाको कार्यालय नजिकै नारेश्वटारमा बनाइएको काठे खोरमा चितुवा परेको हो ।

नरभक्षी चितुवालाई खोरमा फसाउन केही दिन अघिदेखि नै बाख्रा सहितको खोर बनाई राखिएकोमा थियो । खोरमा परेको चितुवालाई प्रहरीको सुरक्षामा राखिएको थियो । उक्त चितुवाले भानुका वडा नं. १, २, ३ र ४ का बालबालिका, महिला, वृद्धवृद्धालाई त्रास फैलाएको थियो ।

‘चितुवालाई सन्तनगर रुपन्देही पठाइयो’, डिभिजन प्रमुख बरालले भने ‘खुल्ला बनमा छोड्दा असुरक्षित हुने हुदाँ रुपन्देही पठाइएको हो ।’ ‘चितुवा करिब १० वर्ष जतिको देखिन्छ’ प्रमुख बरालले भने ‘भाले हो, निकै आक्रमक देखिन्छ ।’ हेर्दा मान्छे खाने खाल्कै भएको प्रमुख बरालले बताए । सो क्षेत्रमा अरु पनि चितुवा भएको हुदा साझको समय र दिउसै पनि एक्लै बन क्षेत्रमा नजान प्रमुख बरालले अनुरोध छ ।

डिभिजन बन कार्यालय तनहुँका कर्मचारीहरुले चितुवालाई काठको खोरबाट झिकेर फलामे खोरमा राखी रुपन्देही पठाएको उनले बताए । चितुवा हेर्न सर्वसाधरणको भीड लागेको थियो । तर प्रहरीले उक्त काठको खोर नजिक स्थानियलाई जान दिएको थिएन ।

चितुवाको आक्रमणबाट ३ जनाले ज्यान गुमाए

तनहुँको भानु नगरपालिका मै चितुवाको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै भानुमै भालुको आक्रमणबाट ३ जना घाइते भएका थिए । मृत्यु हुनेको परिवार र घाइते लाई डिभिजन वन कार्यालय तनहुँले क्षतिपूर्ति दिईसकेको छ । अहिले पनि भानु नगरबासीमा चितुवाको त्रास रहेको छ ।

वन्यजन्तुबाट मानविय क्षति भएमा सामान्य घाइतेले २० हजार, सक्त घाइतेले दुई लाख र मृत्यु भएमा दश लाख सम्म पाउने प्रावधान रहेको उनले जानकारी दिए । त्यस्तै पशुचौपायाको हकमा खसी बोकालाई बढीमा दश हजार र गाइभैसी, गोरु, साँढेको हकमा बढीमा ३० हजार सम्म क्षतिपूर्ति रकम पाउने व्यवस्था छ । घरगोठ, अन्नवाली तथा खाद्यान्न वालीमा क्षति पुगेमा बढिमा दश हजार क्षतिपूर्ति पाउने निर्देशिकामा उल्लेख छ ।

चितुवाको शिकार बन्यो ३० घरपालुवा जनावर

तनहुँमा गत आर्थिक वर्ष २०७५/७६ मा ३० वटा घरपालुवा पशुचौपाया चिुतवाको शिकार बनेका छन् । विभिन्न समय र स्थानमा चितुवाले ३० वटा घरपालुवा पशु मारेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
गत आर्थिक वर्षमा जंगली वन्यजन्तुले घरपालुवा पशुचौपायमा पुर्‍याएको क्षति वापत कार्यालयले १ लाख ३० हजार रुपैयाँ क्षतिपूर्ति तिरेको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ (तेस्रो पटक संशोधित) अनुसार वन्यजन्तुबाट हुने पशुधन, अन्नबाली, घरगोठ, खाद्यान्न (उखु र केरा) तथा मानवीय क्षतिको राहत रकम उपलब्ध हुने व्यवस्था छ ।

यो पनि :

चितुवाको आक्रमणबाट​ ज्यान​ गुमाएकी अधिकारीको परिवारलाई १० लाख राहत

तनहुँ: भानु नगरपालिकाको ढल्केबरमा चितुवाको आक्रमणबाट १० वर्षिय बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँको जोखानीकी ४ वर्षिया बालिकाको मृत्यु

तनहुँको भानु नगरपालिकामा चितुवा आतंक: बस्तीमै पसेर मानिसको ज्यान लिने चितुवा नियन्त्रण गर्न प्रहरी परिचालन

तनहुँको भानुमा नरभक्षी चितुवाको आतंक : चितुवा नियन्त्रणमा लिन जंगलमा फलामे खोर

तनहुँमा बालबालिका मार्ने चितुवा मृत फेला

तनहुँको भानुमा नरभक्षी चितुवाको त्रास: चितुवा नियन्त्रणमा लिन जंगलमा पासो संगै क्यामरा जडान

चितुवाको आक्रमणबाट तनहुँको जोखानीकी ४ वर्षिया बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई १० लाख राहत दिइने, तत्काल ५० हजार दिईयो

तनहुँको भानुमा चितुवाको आक्रमणबाट ९ वर्षिया बालिकाको मृत्यु

तनहुँमा चितुवा पछि भालु आतंक, आक्रमणबाट ६५ वर्षीय वृद्ध घाइते

तनहुँको भानुमा चितुवाको आक्रमणबाट ज्यान गुमाएका र घाइतेका परिवारलाई राहत हस्तान्तरण

तनहुँको भानुमा फेरि चितुवाको आक्रमण : ६ वर्षीय बालक घाइते

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ