फुलपातीकै दिन दुःखद दुर्घटनाः पोखरा लेखनाथको सुन्दरीबजारमा जिपको ठक्करबाट हिमाल र रक्षको मृत्यु

फुलपातीकै दिन दुःखद दुर्घटनाः पोखरा लेखनाथको सुन्दरीबजारमा जिपको ठक्करबाट हिमाल र रक्षको मृत्यु

Scooter acc (1)

पोखरा । पोखरामा जिपले स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। बिहान करिब ५ बजे भण्डारढिकबाट पोखरा आउँदै गरेको ग २ च ९९५० नम्बरको बलेरो जिपले विपरित दिशा तर्फ जाँदै गरेको ग १५ प ४३८० नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरी बजारमा ठक्कर दिएको हो ।

मृत्यु हुनेमा कास्की पोखरा ३० शिशुवा बस्ने २३ वर्षीय चालक हिमाल गुरुङ स्कुटी र सोही स्कुटीमा सवार २२ वर्षीय रक्ष गुरुङ रहेका छन् । दुर्घटनामा परी गम्भीर घाईते भएका उनीहरुलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका कास्की प्रहरीले जनाएको छ ।

साथै ठक्कर दिने जिप र चालक भरतपोखरी घर भई पोखरा २९ भण्डारढिक बस्ने दिपक नेपालीलाई ईलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ