पोखराको औद्योगिक क्षेत्रमा दुर्घटना, देवदास गुरुङको मृत्यु

पोखराको औद्योगिक क्षेत्रमा दुर्घटना, देवदास गुरुङको मृत्यु

jeep accident

पोखरा – पोखराको औद्योगिक क्षेत्रमा शनिबार रातिमध्ये रातमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। राति १ बजेर ३२ मिनेट जाँदा दुई मोटरसाइकल ठोक्किएका थिए। ग १० प ४७५० र ग ४ प २२५४ नम्बरका मोटरसाइल ठोक्किँदा दुवै मोटरसाइकलका चालक घाइते भएका हुन्।
घाइते भएका दुवैको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उपचार लागि लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि पोखराको फिष्टेल अस्पतालमा पुर्‍याएको कास्कीका प्रहरी प्रवक्ता राजन केसीले जानकारी दिए।
फिष्टेल अस्पतालमा चिकित्सकले पोखरा १३ का देवदास गुरुङलाई मृत घोषणा गरेका थिए।

अर्का मोटरसाइकल चालक पोखरा २६ बूढीबजारका अनिल अधिकारीको अहिले पोखराका गण्डकी मेडिकल कलेजको आइसियुमा उपचार भइरहेको केसीले जानकारी दिए।
अधिकारी पोखराबाट लेखनाथ जाँदै थिए भने गुरुङ चाउथेबाट अमरसिंह चोकतर्फ आउँदै गर्दा दुर्घटना भएको उनले बताए।दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ