दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय लामिछानेका आफन्त, साथी शोकमा

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय लामिछानेका आफन्त, साथी शोकमा

ganesh (2)

पोखरा । दशैंको टीकाको अघिल्लो साँझ जीप चालकको गम्भिर लापरबाहीबाट ज्यान गुमाएका सुदीप लामिछाने (गणेश) का आफन्त साथीभाइको आँखा अझै ओभाएका छैनन् । गत सोमबार जीप चालकले पछाडिबाट ठक्कर दिँदा पोखरा १४ चाउथेका १८ वर्षीय गणेशको ज्यान गयो । गणेश तेक्वान्दोका राम्रा खेलाडी समेत हुन् ।

चाउथेबाट अमरसिंहतर्फ आउँदै गरेको ग १ ज ६८१२ नम्बरको जीपले सोही दिशाबाट आउँदै गरेको ग ७ प ८६०४ नम्बरको डिस्कभर मोटरसाइकललाई चाउथेकै खसीबजार चोक नजिकै पछाडिबाट ठक्कर दिएको थियो । जीप चलाउने चालक पोखराकै छिनेडाँडाका वीरबहादुर परियार हुन् । राति साढे ७ बजेतिर ठक्कर दिएर रोक्दै नरोकी लतारेर अमरसिंहसम्म जीप हुँकाएका परियारलाई कर्तव्य ज्यानकै मुद्धा अघि बढाउन परिवारको माग छ । त्यस जीपले मोटरसाइकललाई ठक्कर दिएपछि पनि अन्य सवारीलाई क्षति पु¥याएको सुनिन आएको तर कुनै पनि क्षति पुगेका सवारी सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ईन्स्पेक्टर नरहरि अधिकारीले जानकारी दिए । दोषी चालक परियारलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कानुनानुसार मुद्धा प्रक्रिया अघि बढाइएको उनले जनाए ।

घाईते अधिकारी ठक्कर पछि निकै छट्पटाईरहेका थिए । तर मनिपाल अस्पताल पु¥याएपछि राति साढे ११ बजे उनलाई मृत घोषणा गरियो । गणेशको निधनपछि साथीभाइ निकै शोकमा छन् । खेलाडी समेत भएको र साथीभाइमाझ राम्रो घुलमिल गर्न सक्ने मिलनसार स्वभावका गणेशको निधनमा उनीहरुले शोक जनाउँदै पोष्टहरु गरिरहेका छन् ।

तस्विरः गणेश लामिछानेका फेसबुक र सुरज श्रेष्ठ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ