पोखरा । दशैंको टीकाको अघिल्लो साँझ जीप चालकको गम्भिर लापरबाहीबाट ज्यान गुमाएका सुदीप लामिछाने (गणेश) का आफन्त साथीभाइको आँखा अझै ओभाएका छैनन् । गत सोमबार जीप चालकले पछाडिबाट ठक्कर दिँदा पोखरा १४ चाउथेका १८ वर्षीय गणेशको ज्यान गयो । गणेश तेक्वान्दोका राम्रा खेलाडी समेत हुन् ।
चाउथेबाट अमरसिंहतर्फ आउँदै गरेको ग १ ज ६८१२ नम्बरको जीपले सोही दिशाबाट आउँदै गरेको ग ७ प ८६०४ नम्बरको डिस्कभर मोटरसाइकललाई चाउथेकै खसीबजार चोक नजिकै पछाडिबाट ठक्कर दिएको थियो । जीप चलाउने चालक पोखराकै छिनेडाँडाका वीरबहादुर परियार हुन् । राति साढे ७ बजेतिर ठक्कर दिएर रोक्दै नरोकी लतारेर अमरसिंहसम्म जीप हुँकाएका परियारलाई कर्तव्य ज्यानकै मुद्धा अघि बढाउन परिवारको माग छ । त्यस जीपले मोटरसाइकललाई ठक्कर दिएपछि पनि अन्य सवारीलाई क्षति पु¥याएको सुनिन आएको तर कुनै पनि क्षति पुगेका सवारी सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ईन्स्पेक्टर नरहरि अधिकारीले जानकारी दिए । दोषी चालक परियारलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कानुनानुसार मुद्धा प्रक्रिया अघि बढाइएको उनले जनाए ।
घाईते अधिकारी ठक्कर पछि निकै छट्पटाईरहेका थिए । तर मनिपाल अस्पताल पु¥याएपछि राति साढे ११ बजे उनलाई मृत घोषणा गरियो । गणेशको निधनपछि साथीभाइ निकै शोकमा छन् । खेलाडी समेत भएको र साथीभाइमाझ राम्रो घुलमिल गर्न सक्ने मिलनसार स्वभावका गणेशको निधनमा उनीहरुले शोक जनाउँदै पोष्टहरु गरिरहेका छन् ।

तस्विरः गणेश लामिछानेका फेसबुक र सुरज श्रेष्ठ
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन