पोखरामा विदेशी पर्यटक घटे, आन्तरिकको चहलपहल बढ्दो

पोखरामा विदेशी पर्यटक घटे, आन्तरिकको चहलपहल बढ्दो

Pokhara Airport

Now, Current Airport

पोखरा । पर्यटकीय नगरी पोखरामा दशैँलगत्तै आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । क्याम्पस तथा विद्यालय विदामा छुट्टि मनाउन आउने आन्तरिक पर्यटकसँगै पर्यटकीय सिजन लागेसँगै विदेशी पर्यटक समेत बढेका छन् । तर अघिल्लो वर्षको भन्दा विदेशी पर्यटक कम भित्रिएका छन् ।

पोखराको पर्यटकीय केन्द्र फेवाताल, बेगनास, विश्व शान्तिस्तुप, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, पातले छाँगो, सराङकोट, काहुँडाडाँ र पोखरा आसपासका क्षेत्रहरु घान्द्रुक, लुम्ले, धम्पुस, सिक्लेस, पुनहिल, मर्दी हिमाल लगायतका ठाँउमा आन्तरिक पर्यटक बढेका छन् ।

पोखराका धार्मिक क्षेत्रहरू विन्ध्यवासिनी, तालबराही मन्दिर, कास्कीकालीका लगाएतका मन्दिरहरुमा पर्यटकहरु पुग्ने गरेका छन् । गण्डकी प्रदेशले आन्तरीक पर्यटक ल्याउन प्रचार प्रसार गरेका कारण पनि पर्यटक आन्तरीक पर्यटक व्यवसयीहरु बताउ छन् । आन्तरीक पर्यटक बढेपनि विदेशी पर्यटक अघिल्लो वर्ष जस्तै बढ्न नसकेको टान पश्चिमाञ्चल पोखराका अध्यक्ष हरि भुजेलले बताए ।

पोखरा र गण्डकी प्रदेशका पर्यटकीय स्थलमा आर्थिक वर्ष २०७५र०७६ मा करिब तीन लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अघिल्लो साउन देखी तथ्याङक राख्न थालेको थियो । अहिले आन्तरिक पर्यटक बढेपनि विदेशी पर्यटकहरुको आगमन हेर्दा घटेको छ ।

गण्डकी प्रदेश सरकारले दिएका तथ्याङक अनुसार पछिला दुई महिनामा ३४ हजार २ सय १३ जना विदेशी पर्यटक पोखरा आएका छन् । त्यसमा भारतीय पर्यटक १२ हजार ७ सय ३२ छन् भने अन्य देशबाट २१ हजार ४ सय ८१ रहेको छ । अघिल्लो वर्ष यही अवधीमा करिब ४७ हजार पर्यटक पोखरा आएका थिए ।

गण्डकी प्रदेश प्रबेश गर्ने नाका तनहुँको आबुखैरेनी चेकपोष्ट, स्याङजाको गल्याङ चेकपोष्टमा प्रहरीको सहयोग र पोखरा विमानस्थलबाट तथ्याङक संकलन गर्ने गरेका छ । पर्यटक बढाउन विभिन्न कार्यक्रमहरु संचालन गरेको गण्डकी प्रदेश पर्यटन महाशाखाका प्रमुख किर्तनराज पौडेलले बताए ।

गण्डकी प्रदेशको नवलपुर र वरपरका पर्यटकीय क्षेत्रमा आउने पर्यटको भने तथ्याङ नराखेको उनले बताए । गण्डकी प्रदेशमा मुख्य गरि राउण्ड अन्नपूर्ण, पोखरा, मुक्तिनाथ, तिलिचो ताल, तातोपानी कुण्ड, हिमाल, अन्नपुर्ण बेसक्याम्प लगाएतका ठाउँमा भ्रमणका लागि पर्यटकहरु आउने गर्दछन् ।

अहिले आन्तरिक र भारतीय पर्यटकको संख्या बढेको छ । पोखरामा पर्यटक स्तरका आठ सयभन्दा बढी होटल सञ्चालनमा छन् । ती होटलमा करिब २५ हजार बेड रहेका छन् । पोखराको होटल क्षेत्रमा मात्रै दुई खर्ब रुपियाँ भन्दा बढि लगानी भइसकेको व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds