तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौली, रोट्रयाक्ट क्लब अफ पर्वत पोखरा र रोट्रयाक्ट क्लब अफ लिबर्टी कलेजद्वारा रत्न माध्यमिक विद्यालयमा कम्प्युटर वितरण गरिएको छ ।
शुक्रबार म्याग्दे गाउँपालिका-६ स्थित रत्न माविमा कम्प्युटर वितरण गरिएको रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष मनोज राउतले बताए । प्राविधिक शिक्षालाई विशेष ध्यानमा राखेर विकट ठाँउको विद्यालय छनौट गरि कम्प्युटर वितरण गरिएको अध्यक्ष राउत बताउँछन् ।
तिन वटा रोट्रयाक्ट क्लबले संयुक्त रुपमा ५ थान कम्प्युटर वितरण गरेको रोट्रयाक्ट क्लब अफ पर्वत पोखराका अध्यक्ष रबिन पोख्रेलले बताए ।
कार्यक्रमको अध्यक्षता रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष मनोज राउत र रोट्रयाक्ट क्लब अफ पर्वत पोखराका अध्यक्ष रविन पोख्रेलले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि नेष्डो नेपालका कार्यकारी निर्देशक एवं रोटरीयन विश्वप्रकाश प्रसाई रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि प्रसाईले युवाहरु सामाजिक र शैक्षिक काममा लाग्नु राम्रो भएको बताए । युवा सहि बाटोमा हिडेर अन्य युवालाई पनि सोही सहि मार्गमा हिड्न रोटरी र रोट्रयाक्ट क्लबले गर्ने उनले बताए ।
विद्यालयमा १३२ जना विद्यार्थी अध्यनरत रहेको विद्यालयका प्रअ रमेश भट्टराईले जानकारी दिए ।
विकट क्षेत्रका विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको कार्यक्रमका संयोजक आशिफ अलि शेखले बताए । कम्प्युटरको मुख्य प्रायोजन लिबर्टी कलेजले गरेको थियो ।
कार्यक्रममा म्याग्दे गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धिसागर खनाल, म्याग्दे-६ का वडाअध्यक्ष बसन थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर राना, विद्यालयका प्रधानाध्यापक रमेश भट्टराई लगाएले बोलेका थिए ।
कार्यक्रमको स्वागत रोट्रयाक्ट क्लब अफ दमौलीकि साप कोर्डिनेटर सन्जु घलेले गरेकी थिइन भने संचालन रोट्रयाक्ट क्लब अफ पर्वत पोखराकी सचिव सुष्मा प्रसाईले गरेकी थिइन ।
त्यस्तै नेष्डो समृद्ध लघुवित्त वित्तीय लिमिटेडले विद्यार्थीहरु लाई सरसफाईका सामग्रीहरु वितरण गरेको थियो ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो