पृथ्वीचोकको यो दृश्यले प्रत्यक्षदर्शी सबै आत्तिए (भिडियो)

पृथ्वीचोकको यो दृश्यले प्रत्यक्षदर्शी सबै आत्तिए (भिडियो)

durghatana

पोखरा । पेट्रोलियम पदार्थ बोक्ने ट्रकमा ठोक्किएर एउटा मोटरसाईकल सडकमा पल्टिरहेको थियो । मोटरसाईकलमा सवार चालक र एक महिला भुँईमा रगताम्मे भएर लडिरहेका थिए । बाईक अधिकाशं क्षतीग्रस्त अवस्थामा थियो । त्यसपछि वरपर रहेका सर्वसाधरण चिच्याउँदै घटनास्थलमा पुगे । त्यस लगत्तै ट्राफिक प्रहरी आईपुग्यो । सोही स्थानमा प्रहरीसँग स्थानीयहरु झै–झगडामा उत्रे । घटनास्थलमा रहेका प्रहरीले तत्काल थप प्रहरी मगाए ।

यो सँगै जनपद प्रहरी टोलीमा प्रमुख सहित, सशस्त्र प्रहरी र नेपाली सेना पनि घटना स्थलमा उपस्थित भयो । एकातिर घाईतेहरुको उद्दार भईरहेको थियो भने अर्का तर्फ प्रहरी र स्थानीयहरुको झडप । झडपमा ढुङ्गा मुडा देखि अश्रु ग्याससम्म प्रयोग भयो र एकै छिनमा सबै शान्त भए । यो स्थिती शनिबार विहान ८ बजे पछि पृथ्वीचोकमा भएको  नाटकीय रुपमा हो।

‘अत्यावश्यक पूर्वाधारमा विपद्बाट हुने क्षति घटाऔं, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔं’ भन्ने नाराका साथ गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा पोखरामा सप्ताहव्यापी विपद व्यवस्थापन कार्यक्रम अन्तरगत पृथ्वीचोकमा शनिबार विहान यो नमूना अभ्यास गरिएको हो ।

पोखराको पृथ्वीचोकमा सवारी दुर्घटनामा पर्दा हुने जोखिम र त्यसलाई कसरी नियन्त्रणमा लिन सकिन्छ भन्ने बारेमा नमुना प्रशिक्षण रहेको थियो । उक्त नमुना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख दान बहादुर कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्र लगाएतका टोलीले समन्वयन गरेका थिए ।

https://youtu.be/fLnD2fNOoEA

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ