पोखरामा एक जर्मन नागरिक मृत भेटिएका छन् । पोखरा ६ लेकसाईड स्ट्रीट नं २ स्थितमा रहेको लक्की सेभेन गेष्ट हाउसको २०३ नं को कोठामा लामो समय देखी एक्लै बस्दै आएका जर्मन नागरिक वर्ष ७६ को कार्ल हेइन्ज शिकेल शनिबार बिहान अबेर सम्म नउठेकोले होटलको साहुजी गई हेर्दा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, रोल्पा घर भई हाल जिल्ला कास्की पोखरा महानगरपलिका १४ चाउथे दर्शन टोल स्थित कमल पाण्डेको घरमा डेरा गरि बस्ने वर्ष अन्दाजी ५२-५३ की सपना ओली आफ्नो कोठा भित्र अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटि गई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल लगिएकोमा १२:२८ बजे चिकित्सकले मृत घोषणा गरेको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मनाङ: बिदेशी नागरिकको मृत्यु
शनिबार अन्दाजी ११:४५ बजेको समयमा जिल्ला मनाङ ङिस्याङ गाउँपालिका-७ टंकीमनाङ स्थित मनाङबाट थ्रोङ्ला पासको लागि ट्रेकिङ गरेको अमेरिकन नागरिक पासपोर्ट नं. ६४६०२७४५ वर्ष ६५ को स्टेफन भगन एस स्मित हृदयघातको कारण मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।
पर्वत: मृत अवस्थामा फेला परेको
शनिबार नै अन्दाजी ०९:१५ बजेको समयमा जिल्ला पर्वत कुश्मा नगरपालिका-१०कालिमाटी स्थित साईकलचोक देखी ठुलिपोखरी जाने भित्री सडक खण्डबाट अन्दाजी ७-८ मिटर तल ऐ.ऐ. बस्ने वर्ष ७० को झप्पड बहादुर बिक मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटना बारे बुझ्दा उक्त व्यक्तीले अत्याधिक मादकपदार्थ सेवन गर्ने खुल्न आएको छ । घटनबाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो