किरण श्रेष्ठ, तनहुँ । तनहुँको भानुमा फेरि चितुवाको आक्रमणमा परी एक बालिका घाइते भएकी छिन् । चितुवाको आक्रमणबाट भानु नगरपालिका-२ बजगाइटारकी सोनिया अछामी घाइते भएकी हुन् ।
शनिबार साँझ ६ बजेको समयमा छिमेकीको घरमा चार्ज गरेको मोबाईल लिन जाँदा बालिकालाई एक्कासी चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । घर भन्दा पछिल्तिर चितुवाको आक्रमणमा परेको थाहा पाई नजिकै रहेका उनका दाइ प्रकाश नेपालीले चितुवासंग सोनिया लाई खोसेर बचाएका थिए । ‘२० मिटर पर लैजाने क्रममा मैले थाहा पाएर खोसेर ल्याएँ’ उनले भने ‘नत्र के हुन्थ्यो मलाई नि थाहा छैन ।’
चितुवाको आक्रमणबाट बालिकाको घाँटीको दुबै तर्फ चोट लागेको प्रहरीले जनाएको छ । उनको लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचार गरि थप उपचारको लागि चितवन स्थित चितवन मेडिकल कलेजमा लगिएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इन्चार्ज दिपेन्द्र श्रेष्ठले बताए ।
हाल उनी भानु नगरपालिका वडा नं. २ स्थित मनकामना बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन् । यसअघि पनि भानुमा चितुवाले आक्रमण गरि सकेको छ । प्रायःजसो साँझको समयमा घर नजिकै चितुवा आउन थालेपछि भानु १, २, ३ र ४ का बासिन्दाहरु त्रासमा रहेका छन् ।
भानु नगरपालिकाको विभिन्न ठाउँहरमा यसअघि पनि चितुवाको आक्रमणबाट ५ जना बालबालिकाको मृत्यु भईसकेको छ । यो नवौं आक्रमण हो । ३ जना बाँच्न सफल भएका छन् ।
प्रायः बालबालिका निशानामा पर्ने गरेका छन् । लामो प्रयासपछि खोरको धराप बनाएर बाखा्रको मद्धतले चितुवालाई पासोमा समेत पारियो । तर, मान्छे खाने अझै नियन्त्रणमा लिन सकिएको छैन ।
एक मात्र वा अरु पनि मान्छेलाई निशाना बनाउँदै आएको छ भन्ने समेत निश्चित नहुँदा स्थानीय त्रसित छन् । बन्दुक समेत चलाउन पाउने गरी स्विकृति लिएर स्थानीयहरु चितुवा नियन्त्रणमा लिन त्रलागिपरेका छन् ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’