तनहुँको भानुमा फेरि चितुवाको आक्रमण ! १२ वर्षीया सोनिया घाइते, समयमै दाइले बचाए (घटना विवरण)

तनहुँको भानुमा फेरि चितुवाको आक्रमण ! १२ वर्षीया सोनिया घाइते, समयमै दाइले बचाए (घटना विवरण)

Chituwa aakraman

किरण श्रेष्ठ, तनहुँ । तनहुँको भानुमा फेरि चितुवाको आक्रमणमा परी एक बालिका घाइते भएकी छिन् । चितुवाको आक्रमणबाट भानु नगरपालिका-२ बजगाइटारकी सोनिया अछामी घाइते भएकी हुन् ।

शनिबार साँझ ६ बजेको समयमा छिमेकीको घरमा चार्ज गरेको मोबाईल लिन जाँदा बालिकालाई एक्कासी चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । घर भन्दा पछिल्तिर चितुवाको आक्रमणमा परेको थाहा पाई नजिकै रहेका उनका दाइ प्रकाश नेपालीले चितुवासंग सोनिया लाई खोसेर बचाएका थिए । ‘२० मिटर पर लैजाने क्रममा मैले थाहा पाएर खोसेर ल्याएँ’ उनले भने ‘नत्र के हुन्थ्यो मलाई नि थाहा छैन ।’

चितुवाको आक्रमणबाट बालिकाको घाँटीको दुबै तर्फ चोट लागेको प्रहरीले जनाएको छ । उनको लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचार गरि थप उपचारको लागि चितवन स्थित चितवन मेडिकल कलेजमा लगिएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इन्चार्ज दिपेन्द्र श्रेष्ठले बताए ।

हाल उनी भानु नगरपालिका वडा नं. २ स्थित मनकामना बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन् । यसअघि पनि भानुमा चितुवाले आक्रमण गरि सकेको छ । प्रायःजसो साँझको समयमा घर नजिकै चितुवा आउन थालेपछि भानु १, २, ३ र ४ का बासिन्दाहरु त्रासमा रहेका छन् ।

भानु नगरपालिकाको विभिन्न ठाउँहरमा यसअघि पनि चितुवाको आक्रमणबाट ५ जना बालबालिकाको मृत्यु भईसकेको छ । यो नवौं आक्रमण हो । ३ जना बाँच्न सफल भएका छन् ।

प्रायः बालबालिका निशानामा पर्ने गरेका छन् । लामो प्रयासपछि खोरको धराप बनाएर बाखा्रको मद्धतले चितुवालाई पासोमा समेत पारियो । तर, मान्छे खाने अझै नियन्त्रणमा लिन सकिएको छैन ।

एक मात्र वा अरु पनि मान्छेलाई निशाना बनाउँदै आएको छ भन्ने समेत निश्चित नहुँदा स्थानीय त्रसित छन् । बन्दुक समेत चलाउन पाउने गरी स्विकृति लिएर स्थानीयहरु चितुवा नियन्त्रणमा लिन त्रलागिपरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds