कास्कीमै हिउँमा पुरिँदा पोखरा पर्स्याङका १८ वर्षीय सञ्जय खनालको निधन, निरञ्जन र सन्तोष घाईते

कास्कीमै हिउँमा पुरिँदा पोखरा पर्स्याङका १८ वर्षीय सञ्जय खनालको निधन, निरञ्जन र सन्तोष घाईते

him pahiro

पोखरा । कास्कीमै हिउँले पुरिएर एक किशोरको ज्यान गएको छ । घटनामा परी २ जना घाईते भएका छन् । बुधबार मध्यान्ह ११ः४८ बजेको समयमा कास्कीको अन्नपुर्ण गाउँपालिका ११ देउराली बेस क्याम्प नजिक बगरमा घुम्न गएका ३ युवकहरु हिँउको चट्टान मुनी परेका हुन् ।

प्रदेश प्रहरी कार्यालय पोखराका एसपी दीपक रेग्मीका अुनसार पोखरा ५ पस्र्याङका १८ वर्षीय सञ्जय खनालको ज्यान गएको हो । पोखरा महानगरपालिका ११ फुलबारी बस्ने वर्ष २० का सन्तोष वास्तोला र पोखरा ५ पस्र्याङका १८ वर्षीय निरञ्जन कोइराला घाईते भएका छन् । दुवैको अवस्था सामान्य रहेको र मनिपाल अस्पतालमा उपचार भईरहेको छ । मृत्यु भएका सञ्जयको शव निकाल्न सकिएको छैन । घटनास्थलमा जानको लागि प्रहरी निरीक्षक दिपक थापाको कमाण्डमा टोली हेलिकोप्टरबाट जान लागेको प्रदेश प्रहरी कार्यालयले अपरान्ह ५ बजे जानकारी दिएको छ । टोली एयरपोर्टमा स्टेण्डवाई रहेको छ ।

घटनास्थल प्रहरी चौकी घान्द्रुकबाट अन्दाजी पैदल १८, १९ घण्टा उत्तर पर्ने जनाइएको छ । घटनाका विषयमा थप अनुसन्धान पनि भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ