पोखरा ५ पर्स्याङका खनाल परवार अहिले शोकमा छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, देउराली बेस क्याम्प नजिकै हिउँमा पुरिएर परिवारका एकमात्र छोरा १८ वर्षका सञ्जय खनालको मृत्यु भएपछि परिवारजन शोकमा डुवेका छन् । सञ्जयकी एक दिदी मात्र छन् ।
सञ्जय काठमाण्डौमै कक्षा १२ मा अध्ययनरत थिए । चाडपर्वमा छुट्टी मनाउन घर फर्किएका सञ्जय सोमबार दुई साथी सहित बेस क्याम्पतर्फ निस्किएका थिए । सञ्जयका पिता युवराज खनालसहित परिवार अचेत अवस्थामा छन् ।
सञ्जयसंगै घुम्न गएका पोखरा–११, फूलवारीका २० वर्षीय सन्तोष बाँस्तोला र पोखरा–५ कै १८ वर्षीय निरञ्जन कोइराला गम्भीर घाइते भएका छन् । उनीहरूको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । घाईतेको हेलिकोेप्टरबाट उद्धार गरिएको हो ।
हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा पसेर फोटो खिच्न लाग्दा एक्कासी हिँउको ढिस्कोले पुरिएर सञ्जयको मृत्यु भएको हो । दुई साथी घाईते भए ।
सञ्जयको शव घटनास्थलबाट पोखरा ल्याउन कठिन भएको थियो । सञ्जयको शव बिहीबार बिहान मात्र हेलिकोप्टरमार्फत पोखरा ल्याइएको हो । उनको खोजी बुधबारै गरिएपनि प्रतिकुल मौसमका कारण सफल हुन सकेको थिएन । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम पछि घरमा लगी त्यसपछि सेती नदीस्थित तुलसीघाटमा अन्तिम संस्कार गरिएको थियो ।

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ