पोखरा । कास्की प्रहरीलाई आरोप लाग्ने गर्छ, ‘अन्य ठाउँका यौन व्यवसाय मात्र देख्छन्, लेकसाइडका होटलहरुमा हुने गरेको देख्दैनन् । यस्तै, जुवा तास पनि अन्य ठाउँमा खेले पक्रिन्छन्, लेकसाइडमा छुट छ ।’ दुई साता अघि होटल गुडविलबाट यहाँ चिनिएका नामहरुलाई पक्राउ गरी वाहवाही कमाएको प्रहरीले लेकसाइडको अर्को होटलमा छापा मारी ९ जना पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–६, लेकसाइड पहारीमार्ग्स्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा कास्की प्रहरीको टोलीले शनिबार साँझ छापा मारेको थियो । जुवा खेलिरहेको अवस्थामा १० लाख बढी नगद सहित ९ जना पक्राउ परे । उक्त ठाउँबाट १० लाख ५८ हजार ५ सय १० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।
जुवा खेलाउने छवि पौडेलसहित ९ जनालाई पक्राउ गरी थप कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तस्विर ताण्डव न्यूजबाट
पक्राउ पर्नेमा सर्लाही घर भई पोखरा ६ बस्ने ३९ वर्षीय छवि पौडेल, पोखरा २३ बस्ने वर्ष ४२ का ठाकुर गुरुङ, पोखरा १७ का ४४ वर्षीय बमबहादुर थापा, स्याङ्जा घर भई पोखरा १७ बस्ने वर्ष ३४ का सूर्य क्षेत्री, स्याङ्जा घर भई पोखरा २६ बस्ने वर्ष ३४ का गुमबहादुर गुरुङ, पोखरा ३ बस्ने वर्ष ३१ का रोहित घले, पोखरा १ बस्ने वर्ष ३५ का श्याम श्रेष्ठ, पर्वत घर भई पोखरा १५ बस्ने वर्ष ४० का गणेशबहादुर मल्ल र मुस्ताङ घर भई पोखरा २७ बस्ने वर्ष ३० का नविन गौचन पक्राउ परेका हुन् ।
गत असोज २९ गते प्रहरीले पोखराको लेकसाइड स्थित होटल पोखरा गुडविलबाट ५ जना जुवाडेलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चिनिएका नामहरु नै हुन् । उनीहरु अहिले कास्की प्रहरी हिरासतबाट छुटिसकेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा – ५ का ६० बर्षीय सत्यनारायण मण्डल, पोखरा ६ का ५४ बर्षीय मदन केसी र ४८ बर्षीय टिकाराम सापकोटा, पोखरा – ८ बस्ने ६२ बर्षीय दिपक श्रेष्ठ, पोखरा ४ बस्ने ५८ बर्षीय तोप बहादुर थापा रहेका थिए ।
सम्बन्धित खबर
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
जेनजी आन्दोलनमा बाइक जलाइएपछि देउसीभैलो खेलेरै किने प्रहरीले
आरजु विष्ट ‘सल्यानी’ लाई गीतकार सम्मान, गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत
यो पनि पढौँ
पोखरा सहकारीमा झण्डै एक अर्ब हिनामिना: अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने