मुस्ताङमा प्रदर्शन : ‘ब्याक अफ ईन्डिया’

मुस्ताङमा प्रदर्शन : ‘ब्याक अफ ईन्डिया’

mustang

एसके थकाली

एसके थकाली \जोमसोम–भारतीय सीमा अतिक्रमण तथा भारतीय हस्तक्षेपका बिरुद्धमा बुधबार हिमालपारी मुस्ताङ सदरमुकाम जोमसोममा बिरोध प्रर्दशन भएको छ । जोमसोम स्थित तेजनिरला जनहित बहुमुखी क्याम्पसमा अध्ययनरत स्वतन्त्र बिद्यार्थी युनियन र अनेरास्वबियु मुस्ताङले संयुक्त रुपमा बिरोध प्रर्दशन गरेका हुन् ।
‘कालापानी र लिपुलेक हाम्रै हो , सीमा मिच्न पाईदैन’ भन्दै बिद्यार्थीले पुथाङ एयरपोर्ट देखि आर्मी ब्यारेक र जोमसोम गुम्बा हुँदै जिल्ला प्रशासन कार्यालय मुस्ताङ अगाडी कोण सभा गरे । बिद्यार्थी प्रर्दशनमा भारतीय बिस्तारवाद मुर्दावाद ,राष्ट्रिय स्वधिनताको रक्षा गरौं , भारतीय हस्तक्षेप बन्द गर,संम्पूर्ण राष्ट्रवादी शक्ति एक हौ लगायतका नारा घन्काएका थिए ।
भारतीय सीमा अतिक्रमणको बिरोध तथा राष्ट्रिय स्वाभिमानका पक्षमा हिमाली जिल्ला मुस्ताङको सन्देश प्रवाह गर्न बिद्यार्थीहरु एकजुट भएका हुन् । कोण सभामा तेजनिरला जनहित बहुमुखी क्याम्पसका स्वबियु सभापती रबिन बानियाले नेपाली बिर पुर्खाहरुले आर्जाको सम्पतीलाई राज्यले संरक्षण गर्नुपर्ने बताए । उनले पछिल्लो समय भारतले आफ्नो नया नक्सामा एकपक्षिय ढंगले नेपाली भुभाग कालापानी क्षेत्रको कालापानी ,लिपुलेक र लिम्पियाधुरा समेटिएपछि भएको देश ब्यापी बिरोध प्रर्दशनको भईरहेको अवस्थामा हिमाली जिल्ला मुस्ताङका बिद्यार्थीे राष्ट्रिय स्वाभिमानका पक्षमा उभिएको जनाए ।
यस्तै ,अनेरास्वबियु मुस्ताङका अध्यक्ष पेमा छेतेन बिकले नेपाल जस्तो सानो राष्ट्रलाई सहानुभुतीको सट्टा भारतले हेपाहा प्रबृद्धि अपनाएको उल्लेख गरे । उनले नेपालीहरु राष्ट्रको माटो र स्वभिमानका पक्षमा आफ्नो ज्यान गुमाउन समेत तयार रहेको भन्दै भारतले तत्काल नक्सा सच्याउनु पर्ने बताए । अर्को बिद्यार्थी नेता आदित्य रसाईली भारतले ३७४ हेक्टर जग्गा एकपक्षिय रुपमा कब्जा गरेर बल मिच्याई गरेको बताए । उनले कालापनी ,लिपुलेक ,लिम्पियाधुरा मात्र होईन भारतले आगेटेको प्राचिन नेपाली भुभागका लागि बिर गोर्खाली साहसका साथ लडेको उल्लेख गरे ।
कोणसभामा विभिन्न बिद्यार्थी संगठनका भातृ संगठनले भाररतिय हस्तक्षेपका भत्र्सना गर्दै भारतीयले सार्वजनिक गरेको नक्सा अमान्य हुने भनाई राखे । उनीहरुले सीमा विवाद सुल्झाउन सरकारले कुटनितिक पहल गर्नु पर्ने र यसले नभए अन्तराष्ट्रिय अदालत सम्म पुग्नु पर्ने उल्लेख गरे ।
भारतीय सीमा अतिक्रमणका बिरुद्धमा मुस्ताङको जोमसोममा बिद्यार्थी बिरोध प्रर्दशन । तस्विर एसके थकाली ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds