रबिन्द्रका अधुरा काम पूरा गर्ने विद्याको अठोट, मतदातालाई भनिन्: ‘पोखरा चक्रपथ र एयरपोर्ट हामी बनाउँछौ’

रबिन्द्रका अधुरा काम पूरा गर्ने विद्याको अठोट, मतदातालाई भनिन्: ‘पोखरा चक्रपथ र एयरपोर्ट हामी बनाउँछौ’

Rabindra Bidhya

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई अधिकारीले तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले थालेका योजना नेकपा र आफूले पूरा गर्ने प्रतिबद्धता गरेकी छन् । चुनावी प्रचारका क्रममा पोखरा ७ मा विहीबार घरदैलोपछि आयोजित चुनावी कोणसभामा उनले रवीन्द्रले अगाडि सारेका पोखरा चक्रपथ निर्माणदेखि निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माणसम्मका काम चाँडै सकिने बताएकी हुन् ।

उनले भनिन्, ‘हिजो रवीन्द्रजीले थालेका कुनै पनि योजना अधुरा हुन दिन्न ।’ उनले पोखरालाई पर्यटन हबका रुपमा विकास गरिने प्रतिवद्धता गरिन् । उनले भूमिहीनका समस्या यो सरकारले चाडै समाधान गर्ने जनाइन् । ‘तपाईंहरुले बसेको ठाउँको लालपुर्जा तपाईंहरुले पाउनै पर्छ । अस्थायी बसोबासका लागि दिइएको सेतो लालपुर्जाका ठाउँमा रातो लालपुर्जा दिन सरकारले ऐन बनाइसकेको छ, उनले भनिन् ।

नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले झपेन्द्र कार्की र ऋषि परियारले सहादत प्राप्त गरेको भूमिले समृद्ध नेपालको सपना साकार बनाउन उत्प्रेरण दिने बताए । नेकपा केन्द्रीय सदस्यसमेत रहेकी पोखरा ७ की चुनावी कमान्डर सीता गिरी ओलीले देशबासीको भावना अनुसार विद्या उम्मेद्वार बनेको उल्लेख गरिन् । विद्यार्थी राजनीति, प्राज्ञिक दक्षता, लामो समयले राजनीतिक सक्रियता र नेकपाको सिद्धान्त विद्याको जितका मुख्य आधार भएको प्रष्ट गरिन् ।

चुनावी अभियान अन्र्तगत पोखरा १५ को प्रतिभा टोलमा पनि बिहीबारै घरदैलो तथा कोणसभा गरिएको छ । सभामा नेकपा कास्की सचिव बखानसिंह तमुले दुई तिहाईको सरकार विकासले विकासको जग बसालेकाले त्यसलाई अनुमोदन गर्न नेकपाको ऐतिहासिक जित आवश्यक भएको बताए ।

टोल विकास संस्थाका अध्यक्ष गंगाबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १५ का अध्यक्ष प्रकाश पौडेलले टोलका लागि परेका विकास योजना तथा समग्र विकासको अवस्थाबारे जानकारी गराए । शुक्रबार पोखरा १५ मा उम्मेदवारसहितको घरदैलो कार्यक्रम हुने प्रचारप्रसार संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।

पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले आफ्नो वडामा धूलोबाटो नहुने प्रतिबद्धता गरे । नेकपा पोखरा ७ अध्यक्ष पुरुषोत्तम रेग्मीले स्थानीय, प्रदेश र संघ सबैतिर नेकपाको सरकार रहेकाले विकास र समृद्धिकै लागि जनताले फेरि नेकपालाई अनुमोदन गर्ने प्रतिवद्धता गरे ।

नेकपाले उपचुनाव हुने कास्की २ मा प्रचारप्रचारलाई तीव्रता दिएको छ । संघीयता, समावेशीपन, गणतन्त्र र विकासका लागि ठूलो त्याग गरेको कम्युनिस्टको नेतृत्वको सरकारले स्थिरता, विकास र भविष्यको आशा नागरिका सञ्चार गरेको नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङले बताए । युगको आकांक्षा गर्न पनि जनताले उपनिर्वाचनमा नेकपालाई सानदार जित दिलाउने उनको दाबी छ ।

प्रचारप्रचार अन्तर्गत पोखरा ८ मा नेकपाले शुक्रबार र शनिबार कार्यकर्ताले घरदैलो गर्ने जनाइएको छ । आइतबार उम्मेद्वारसहित घरदैलो गरिने पोखरा ८ का चुनावी कमान्डर सारदाप्रसाद सुवेदीले जनाकारी दिए । पोखरा ८ मा नेकपाले प्रचार अभियानलाई सघाउन युवा दस्ता गठन गरेको नेकपा नेता उत्तम पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ