पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई अधिकारीले तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले थालेका योजना नेकपा र आफूले पूरा गर्ने प्रतिबद्धता गरेकी छन् । चुनावी प्रचारका क्रममा पोखरा ७ मा विहीबार घरदैलोपछि आयोजित चुनावी कोणसभामा उनले रवीन्द्रले अगाडि सारेका पोखरा चक्रपथ निर्माणदेखि निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माणसम्मका काम चाँडै सकिने बताएकी हुन् ।
उनले भनिन्, ‘हिजो रवीन्द्रजीले थालेका कुनै पनि योजना अधुरा हुन दिन्न ।’ उनले पोखरालाई पर्यटन हबका रुपमा विकास गरिने प्रतिवद्धता गरिन् । उनले भूमिहीनका समस्या यो सरकारले चाडै समाधान गर्ने जनाइन् । ‘तपाईंहरुले बसेको ठाउँको लालपुर्जा तपाईंहरुले पाउनै पर्छ । अस्थायी बसोबासका लागि दिइएको सेतो लालपुर्जाका ठाउँमा रातो लालपुर्जा दिन सरकारले ऐन बनाइसकेको छ, उनले भनिन् ।
नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले झपेन्द्र कार्की र ऋषि परियारले सहादत प्राप्त गरेको भूमिले समृद्ध नेपालको सपना साकार बनाउन उत्प्रेरण दिने बताए । नेकपा केन्द्रीय सदस्यसमेत रहेकी पोखरा ७ की चुनावी कमान्डर सीता गिरी ओलीले देशबासीको भावना अनुसार विद्या उम्मेद्वार बनेको उल्लेख गरिन् । विद्यार्थी राजनीति, प्राज्ञिक दक्षता, लामो समयले राजनीतिक सक्रियता र नेकपाको सिद्धान्त विद्याको जितका मुख्य आधार भएको प्रष्ट गरिन् ।
चुनावी अभियान अन्र्तगत पोखरा १५ को प्रतिभा टोलमा पनि बिहीबारै घरदैलो तथा कोणसभा गरिएको छ । सभामा नेकपा कास्की सचिव बखानसिंह तमुले दुई तिहाईको सरकार विकासले विकासको जग बसालेकाले त्यसलाई अनुमोदन गर्न नेकपाको ऐतिहासिक जित आवश्यक भएको बताए ।
टोल विकास संस्थाका अध्यक्ष गंगाबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १५ का अध्यक्ष प्रकाश पौडेलले टोलका लागि परेका विकास योजना तथा समग्र विकासको अवस्थाबारे जानकारी गराए । शुक्रबार पोखरा १५ मा उम्मेदवारसहितको घरदैलो कार्यक्रम हुने प्रचारप्रसार संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।
पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले आफ्नो वडामा धूलोबाटो नहुने प्रतिबद्धता गरे । नेकपा पोखरा ७ अध्यक्ष पुरुषोत्तम रेग्मीले स्थानीय, प्रदेश र संघ सबैतिर नेकपाको सरकार रहेकाले विकास र समृद्धिकै लागि जनताले फेरि नेकपालाई अनुमोदन गर्ने प्रतिवद्धता गरे ।
नेकपाले उपचुनाव हुने कास्की २ मा प्रचारप्रचारलाई तीव्रता दिएको छ । संघीयता, समावेशीपन, गणतन्त्र र विकासका लागि ठूलो त्याग गरेको कम्युनिस्टको नेतृत्वको सरकारले स्थिरता, विकास र भविष्यको आशा नागरिका सञ्चार गरेको नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङले बताए । युगको आकांक्षा गर्न पनि जनताले उपनिर्वाचनमा नेकपालाई सानदार जित दिलाउने उनको दाबी छ ।
प्रचारप्रचार अन्तर्गत पोखरा ८ मा नेकपाले शुक्रबार र शनिबार कार्यकर्ताले घरदैलो गर्ने जनाइएको छ । आइतबार उम्मेद्वारसहित घरदैलो गरिने पोखरा ८ का चुनावी कमान्डर सारदाप्रसाद सुवेदीले जनाकारी दिए । पोखरा ८ मा नेकपाले प्रचार अभियानलाई सघाउन युवा दस्ता गठन गरेको नेकपा नेता उत्तम पोखरेलले जानकारी दिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो