पोखरा । नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरा भ्रमण गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत् पत्नीसहित पोखरा आएका राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेशप्रमुख अमिक शेरचन, कार्यवहाक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशका मन्त्री तथा सांसदहरुले स्वागत गरेका थिए ।
उनले फेवातालमा डुंगा सयरदेखि नजिकै रहेको रुपा गाउँपालिका पुगेर हिमाली दृश्यावलोकन गरे । राष्ट्रपति हमिदले फेवातालमा करिब ४५ मिनेट डुंगा सयर गरेका थिए । उनलाई फिस्टेल गेटदेखि वाराही मन्दिरसम्म नेपाल प्रहरीको डुंगामार्फत् अवलोकन गराइएको थियो ।
त्यसलगत्तै उनी फेवा किनारको फिस्टेल लजमा उनको आतिथ्यमा प्रदेश सरकारले आयोजना गरेको दिवाभोजमा सरिक भए । गण्डकी प्रदेश सरकारले गरेको स्वागत कार्यक्रममा बोल्दै राष्ट्रपति हमिदले पोखराको सौन्दर्य देखेर आफू चकित परेको बताए ।
उनले पोखराकाबारेमा सुनेको तर फेवातालमा डुंगा सयर गरेर हेर्दाको मज्जा आफ्नो लागि अविस्मरणीय रहेको बताए । राष्ट्रपति हमिदले पोखरालाई ‘संसारकै रमणीय गन्तव्य’ भनेका छन् । आकाश र डुंगाबाट पोखरालाई नियाल्दा संसारकै रमणीय गन्तव्य रहेको उनले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका कार्यवहाक मुख्यमन्त्री किरण गुरुङले राष्ट्रपति हमिदको भ्रमणले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । फिस्टेल लजबाट राष्ट्रपति हमिद हेलिकोप्टरमार्फत् रुपाकोट रिसोर्टमा पुगेका थिए । उनलाई रुपाकोट रिसोर्टमा स्थानीयले नेपाली संस्कृति झल्कने झाँकी र बाजागाजले स्वागत गरेका थिए । उनको स्वागत र सम्मानमा मारुनी र सोरठी नाचसमेत देखाइएको थियो ।
पोखराको करिब पाँच घन्टाको बसाइँपछि उनी बिहीबारै नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं फर्किएका छन् ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु