कोत्रेमा सवारी दुर्घटना, रामबजारका भट्टराई सहित ७ जना घाइते (भिडियो )

कोत्रेमा सवारी दुर्घटना, रामबजारका भट्टराई सहित ७ जना घाइते (भिडियो )

kotrya accident

पोखरा र तनहुँ जिल्लाको सीमाना कोत्रे खोला पुल स्थित टिपरले कारलाई ठक्कर दिंदा आज बिहान कार चालक गम्भिर घाइते भएका छन् । टिपरको ठक्करबाट ग २ च ५४६९ नम्बरका कार चालक पोखरा १० रामबजार निवासी २९ बर्षका युवराज भट्टराई गम्भिर घाइते भएको कास्की प्रहरीले जनाएको छ । पोखराबाट तनहुँतर्फ जार्दै गरेको ग १ ख ७८४७ नम्बरको टिपरले कारलाई ठक्कर दिदा गम्भिर घाइते भएका भट्टराई र सामान्य घाइते  स्याङजाकी २७ बर्षीया प्रतिमा पोख्रेलको  मणिपालमा उपचार हुदैछ ।

उक्त  कार संगै अर्को जिपलाई समेत टिपरले ठक्कर दिदा जिपमा सवार ५ जना घाइते भएका छन्। उनीहरुलाई हाल गण्डकी मेडिकल कलेजमा उपचार गर्न ल्याईएको छ । उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सामान्य घाइते हुनेहरुमा युवराज अधिकारी, लक्ष्मि अधिकारी, सिता देवि तिमिल्सिना, राधा सुवेदी, देवि कोइराला रहेका छन्। टिपरले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको स्थानियले जनाए ।

https://www.facebook.com/726047900920798/posts/1195446347314282/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ