एसके थकाली, जोमसोम : पोखरादेखि मुस्ताङ आउँदै गरेका मोटर साइकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ। पार्सपोर्ट नम्बर ५२५९५८६४ उल्लेख भएको, ६० वर्षीय स्कटल्याण्डका पर्यटक फानीको शनिबार साँझ एयर डाइनेष्टिक हेलीबाट मणिपाल शिक्षण अस्पतालमा ल्याइएको थियो।उपचारका क्रममा साँझ मृत्यु भएको हो।
म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी- जोमसोम सडकबाट कालिगण्डकी नदीमा खस्दा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । एचपि ५८ ए ३८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको मुस्ताङका प्रहरी प्रवक्ता आशिष अधिकारीले जानकारी दिए ।
फानीको अनुहार र हातमा गम्भीर चोटपटक लागेको थियो। दुर्घटनाको खबर सुन्ने वित्तिकै प्रहरी चौकी घाँसाको सुरक्षा टोली घटनास्थलमा पुगेर उद्दारकार्यमा खटिएको प्रहरीले जनाएको छ। दुर्घटना भएको स्थान मुस्ताङ सदरमुकाम जोमसोमदेखि ३५ किलोमिटर दक्षिणमा पर्छ।
दुर्घटनामा परी ज्यान गुमाएका स्कल्याण्डका पर्यटक फानीसहित उनका ८ जना साथीहरु मोटरसाइकलमा मुस्ताङ आउँदै गरेका थिए। उनीहरुको टोलीमा चिकित्सक समेत रहेको जनाइएको छ । दुर्घटनामा परी घाइते फानीलाई उद्दार गरी प्राथमिक उपचार समेत गरिएको थियो । फानीसहितको टोली काठमाडौंको सोसियल ट्राभलको सहयोगमा मुस्ताङ भ्रमणमा आएको प्रहरी श्रोतले जनाएको छ।
सम्बन्धित खबर
भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी
पोखराको चाउथेमा दुर्घटना: १९ वर्षीया खुसीको मृत्यु, स्कुटर चालक विनिता घाइते
सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
पोखरा १० द्वारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग