सडक दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दमौलीमा दिप प्रज्वलन

सडक दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दमौलीमा दिप प्रज्वलन

received_3823270891032003

तनहुँ । सडक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा तनहुँको दमौलीमा मैनवत्ती प्रज्वलन गरिएको छ ।दमौलीमा रहेका विभिन्न सामाजिक संघ–संस्थाहरुको सहकार्यमा दीप प्रज्वलन गरिएको हो ।

‘जीवन गाडीको पूर्जा जस्तो होइन’ भन्ने नाराका साथ विश्व सम्झना दिवसको अवसरमा सेफ एन्ड सस्टेनेबल ट्राभल नेपालको आयोजनामा सडक दुर्घटनामा ज्यान गुमाउने २,७६२ जनाकोे स्मरण र चिर आत्मा शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।

आइतबार साँझ दमौलीको ट्राफिक चोकमा भेला भएका सर्वसाधारणले सडक यातायात दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा विश्व सम्झना दिवसको अवसर पारेर दिप प्रज्वलन गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।

कार्यक्रममा व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठ, लायन्स चियरपर्सन कबिराज श्रेष्ठ, लायन्स क्लब अफ तनहुँ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’, रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष मनोज राउत, आयोजक संस्थाका संयोजक विकास श्रेष्ठ लगाएतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ