राजु र रबिन गर्जिए – ‘हाम्रो सीमा चेप्न नखोज, गोर्खालीलाई हेप्न नखोज’

राजु र रबिन गर्जिए – ‘हाम्रो सीमा चेप्न नखोज, गोर्खालीलाई हेप्न नखोज’

Gorkhali lai hepna nakhoja

भारतको हेपाहा प्रवृत्तिबाट नेपाली सधैं आजित छन् । सीमानाका हजारौं हेक्टर जमिन भारतले मिचिसकेको छ । नेपाली भूभागलाई नै आफ्नो मानचित्रमा पारी नक्सा सार्वजनिक गरेपछि त्यसको विरोधमा देशभर मात्र होइन, विदेशमा समेत प्रदर्शन जारी छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरलाई समेट्दै नक्सा जारी गरेपछि सरकारले पनि औपचारिक धारणा बाहिर ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रम मार्फत नै कालापानीबाट भारतीय सेना हट्न आग्रह गरिसकेका छन् । भारतीय मिडियामा प्राथमिकताका साथ यो विषयले ठाउँ पाएको छ ।

कलाकारहरुले पनि आफ्नो कला प्रस्तुतिमार्फत भारतको विरोध गरेका छन् । चर्चित गायक राजु ढकाल र रविन लामिछानेले गोर्खालीलाई हेप्न नखोज भन्दै नयाँ गीत सार्वजनिक गरेका छन् । राजुको आफ्नै युट्युब च्यानलमार्फत भिडियो समेत रिलिज गरिएको छ ।रबिनले आंग नै जिरिंग पार्ने शब्द मिसाएका छन् भने राजुले संगीत आफै भरेका छन् । गुरुआमा फिल्मसका प्रकाश धमालाले ग्राफिक्स भरेका छन् ।

लिपुलेक कालापानीसहितका नेपाली भू–भाग आफ्नोतर्फ रहेको विवादित नक्सा जारी गरेपछि अहिले भारत विरोधी अभियान छेडिएको छ । भारतीय नक्सा सच्याउन नेपाल सरकारले उचित प्रमाण र दस्ताबेजका आधारमा तत्कालैबाट आवश्यक कूटनैतिक पहल थाल्नुपर्ने मागसमेत सबै नेपालीको छ ।

जम्मू कश्मीर र लद्दाख औपचारिक रुपमा केन्द्र शासित प्रदेश बनेपछि भारत सरकारले नयाँ नक्सा जारी र्गयो । नक्सामा पाकिस्तान नियन्त्रित कश्मीर, आजाद जम्मू कश्मीरको केही स्थानका साथसाथै गिल्जित बलिस्तानलाई पनि भारतले आफ्नो नक्सामा देखाएको भन्दै पाकिस्तानले नक्सा ’खारेज’ गरेको घोषणा गरेको थियो । त्यसपछि मात्रै भारतीय नक्सामा नेपालको भूभाग समेत राखिएको खुलासा भयो। भारत सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुर (कालापानी र लिपुलेक) राखिएको कुरा बाहिरियो।

भारतले लिम्पियाधुरादेखि कालापानीसहित लिपुलेकको भूभाग गरी तीन सय ९५ वर्ग्िकलोमिटर क्षेत्र अतिक्रमण गरेको नयाँ तथ्य खुलेको छ। सरकारले आफैले गठन गरेको अध्ययन समितिले दिएको प्रतिवेदन गुपचुप राख्दा हालसम्म तीन सय ७२ वर्ग्किमि क्षेत्र भारतले ओगटेको सार्वजनिक हुँदै आएको थियो।

चार वर्षअघि सूर्यनाथ उपाध्यायको संयोजकत्वमा बनेको सीमा विवाद सम्बन्धीअध्ययन टोलीले लिम्पियाधुरासम्मको भुभाग नेपालकै भएको निश्कर्ष निकालेको थियो। लिम्पियाधुरा–लिपुलेक–कालापानी गरी भारतले ३९५ वर्ग्किलोमिटर नेपाली भूभाग अतिक्रमण गरेको छ। उपाध्याय नेतृत्व टोलीले समाधानका विकल्पसहितको सुझाव सरकारलाई त्यतिबेलै दिएको थियो। प्रतिवेदनअनुसार लिम्पियाधुराको तीन सय ३५ र लिपुलेक–कालापानीको ६० गरी तीन सय ९५ वर्ग्किलोमिटर क्षेत्र भारतले मिचेको छ। काली नदीको मुहान नै लिम्पियाधुरा भएको प्रतिवेदनको पनि ठहर छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds